वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले आज बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेको छ । बिहान ४ बजे नै टोली तरकारी बजार पुगेको थियो । अनुगमनमा अवरोध गरेको भन्दै व्यापारी रबि शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई थप कारवाहीका लागि कालीमाटी वृतमा राखिएको प्रहरीले जनाएको छ । अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालन भइरहेको पाइएको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ । अनुगमनका क्रममा अधिकांश अधिकांश पसल प्यान दर्ता बिनै सञ्चालन गरेको र किसानसँग तरकारी खरिद गरेको मूल्य समेत व्यापारीले उल्लेख नगरेको पाइएपछि पहिलो चरणमा व्यवसायीलाई सचेत गरेर छोडिएको आपूर्ती मन्त्री मातृका यादवको सचिवालयले जनाएको छ । विभागले व्यापारीसँगै बल्खु तरकारी तथा फलफूल बजार कम्पनीका सञ्चालक मोहन बस्नेतलाई थप छलफलका लागि बोलाएको छ ।