नामी कलेजको कार्यशाला
शिक्षाखबर डेस्क
१४ भाद्र २०७५, बिहीबार
no immg

नयाँ आयाम मल्टि–डिसिप्लिनरी इन्स्टिच्युट (नामी) कलेज जोरपाटीमा ग्लोबल इको सिस्टम, जैविक विविधता, जलवायु परिवर्तनसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा विभिन्न क्षेत्रमा संलग्न प्रतिष्ठित व्यक्तित्वको सहभागिता थियो ।

कार्यशालामा ‘सोच फाउन्डेसन’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत संकल्पमोहन शर्मा र स्मार्ट पानीका प्रबन्ध निर्देशक सुमन शाक्यको सहभागिता रहेको थियो । यसका साथै विभिन्न विद्यालयबाट विद्यार्थी, शोधकर्ता, नामी कलेजमा रहेका विभिन्न संकायका प्रमुख र कर्मचारीको सहभागिता रहेको थियो ।

यस अवसरमा प्रस्तुतकर्ता विद्यार्थीमध्येबाट २ जना सर्वोत्कृष्ट प्रस्तुतकर्तालाई पुरस्कृत गरियो । कार्यक्रमको औपचारिक सत्रको नेतृत्व नामी कलेजका अध्यक्ष डा. आरजू राणा देउवा, बोर्डका सदस्यहरू, कलेजका प्रमुख कार्यकारी अधिकृत पवन पोख्रेल, प्रिन्सिपल डा. विदिशा चक्रवर्तीले गरेका थिए ।

नामी कलेजले बेलायतको नर्थआम्टन विश्वविद्यालयको साझेदारीमा एमबिए, बिबिए (अनर्स), बिएस्सी (अनर्स) कम्प्युटिङ, बिएस्सी (अनर्स) कम्प्युटिङ सफ्टवेयर इन्जिनियरिङ, बिएस्सी (अनर्स) कम्प्युटिङ नेटवर्किङ, बिएस्सी(अनर्स) वातावरण विज्ञानका साथै क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत ए लेभलका कक्षा सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया