जमल स्थित नाचघरमा मन्चन हुन लागेको नाटक “माउजंग बाबुसाहेबको कोट” कक्षा १० को नेपाली बिषयमा समाबेश गरिएको छ l नाट्यकर्मी महासंघ र सास्कृतिक संस्थान (नाचघर)को सहकार्यमा भदौ २४ बाट नाटक “माउजंग बाबुसाहेबको कोट” मन्चन हुने भएको छ l प्राप्त जानकारी अनुसार नाटक भदौ २४ गतेबाट मन्चन शुरु भइ असोज ५ गते समाप्त हुने छ l नाटक कथाकार भवानी भिक्षुले लेखेका हुन् भने नाट्य आलेख तथा निर्देशन विजय बिष्फोटले गरेका हुन् l यो नाटक कक्षा १० को नेपाली बिषयमा पनि समावेस गरिएको छ l निर्देशक बिष्फोटले यो नाटक बिद्यार्थीहरुका लागी अति उपयोगी रहेको र कक्षा कोठामा मात्र सिमित नभई प्रत्यक्ष हेरेर अझ बुझ्न सजिलो हुने भएकोले आएर हेर्न सम्पूर्ण बिद्यार्थीहरुलाई अनुरोध पनि गरेका छन् l नाटकको बजार ब्यबस्थापनमा शेर शाही र अनिता थापा रहेका छन् शाहीका अनुसार प्रदर्शन मिति तय भए लगतै ९ बिद्यालयले अग्रिम बुकिंग गरिसकेको र बिद्यालयहरुको बुकिंग गर्ने क्रम जारी रहेको बताए l प्रत्येक हप्ता बिहिबार बाहेक अन्य दिन नाटकको रेगुलर शो साँझको ५:३० बजे हुनेछ भने बिद्यालयको हकमा बिहान ११: १५ को एउटा शो र दिउसो १:३० को शो गरि दिनमा जम्मा दुइ शो को ब्यबस्था गरिएको छ l शाही र थापा दुबैले पाठ्यक्रम भित्रका नाटक प्राय बिरलै मन्चन हुने भएकाले इच्छुक बिद्यालयले तुरुन्त सम्पर्क गरी यो मौका नगुमाउन हुन् अनुरोध पनि गरेका छन् l नाटकमा अभिनय गर्ने कलाकारहरुमा जेबी डी.सी. दिलिप खड्का , रोहानी लामा ,तुलसा पहाडी,कोपिला राज्यलक्ष्मी थापा,किरण चापागाई, छेदा शेर्पा,अनिता थापा आदि रहेका छन् l कलाकारहरु सबै थियटर पृष्ठभूमी कै हुन् l