काठमाडौं : कोही-कोहीको घुर्ने बानी हुन्छ। जसले अरूको निद्रामा बाधा पुर्याउँछ। उत्तानो सुत्ने, रक्सी वा अन्य नशालु पदार्थ सेवन गर्ने वा रुघाखोकीलगायत समस्या भएकाले बढी घुर्ने गर्छन्। घुर्नेहरूले यसो गरे फाइदा पुग्न सक्छः
– वजन बढ्दा शरीरका अन्य भागजस्तै घाँटीमा पनि बोसो बढ्छ। जसले गर्दा घुर्ने समस्या निम्तिन्छ। समस्या हटाउन पहिले शरीरका वजन कम गर्नुपर्छ।
– उत्तानो परेर सुत्दा घुर्ने समस्या बढी देखिन्छ। उत्तानो सुत्नुभन्दा एकातिर कोल्टे फर्केर सुत्नुपर्छ।
– नाकको संक्रमण अथवा नाकसम्बन्धी समस्याका कारण पनि घुर्ने बानी पर्न सक्छ। घुर्ने बानीमा नियन्त्रण पाउन नाकसम्बन्धी समस्या समाधान गर्नुपर्छ।
– मद्यपान सेवन गर्नु हुन्न। सुत्नुभन्दा कम्तीमा पनि दुई घण्टाअघि मादक पदार्थ खानु हुन्न।
– धूम्रपानले पनि घुर्ने समस्या ल्याउँछ। घुर्नेहरूले धूम्रपान नगरेकै बेस।
-निद्रामा घुर्ने मानिसले रातो मासुको साटो माछा खाँदा ठीक हुन्छ। त्यसबाहेक चिया, मह, बेसार र प्याज खाँदा पनि यस समस्याबाट छुटकारा पाउन सकिन्छ।