विद्यार्थीहरुलाई गर्मिबाट जोगाउन पंखा सहयोग
शिक्षाखबर डेस्क
२१ भाद्र २०७५, बिहीबार
no immg

बाँकेको नेपालगंजका एक चर्चित सुनचाँदी ब्यवासायिले विद्यार्थीहरुलाई गर्मिबाट जोगाउन पंखा सहयोग गर्नुभएको छ । बर्दियाको बढैयाताल गाउँपालिका ३ गोब्रेपुरमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयलाई ब्यवासायि (बालेमुन्ना) रमाशंकर गुप्ताले ८ वटा पंखा सहयोग गर्नुभएको हो ।

आज (बिहीबार) उहाँले एक समारोहका विच विद्यालयलाई पखां हस्तारण गर्नुभएको थियो । कक्षा १ देखी ८ सम्म पढाई हुने विद्यालयमा गर्मिका कारण विद्यार्थीहरुले समस्या भोग्दै आएका थिए । पंखा पाएपछि विद्यार्थी खुसी भएको स्थानियबासी कुल बहादुर बिकले बताउनुभयो ।

पंखा हस्तारण समारोहमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुन्नान जोलाह, वडाध्यक्ष दुर्गा पराजुली, कार्यपालिका सदस्य चन्द्रकला बिक, विद्यालयका प्रधानाध्यापक इन्द्र प्रसाद पौडेल, विद्यालय ब्यवस्थापन समिति सदस्य सुबित्रा बराइली, नेकपा बढैयाताल गाउँपालिका संयोजक दिल बहादुर केसी, ३ नम्बर वडा पार्टी संयोजक गोपाल बिक, मानझुण्डी सामुदायिक वन उपभोक्क्ता समूहका सचिव पदम बहादुर बुढामगर, विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

बढैयाताल गाउँपालिका ३ गोब्रेपुरमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा साढे ४ सयको हाराहारीमा विद्यार्थीहरु रहेको उल्लेख छ । खास गरी दलित, मुस्लिम, जनजाति विद्यार्थीहरुको बाहुल्यता रहेको विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका लागी सर्वपक्षिय पहल गरिनुपर्नेमा सहभागीहरुले जोड् दिएका थिए ।

सुनचाँदी ब्यवासायि (बालेमुन्ना) रमाशंकर गुप्ताले आगामी दिनमा पनि विद्यालयलाई आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । समारोहमा पंखा उपलब्ध गराउने दाता र समन्वय सहकार्य गर्नमा उल्लेख्य भुमिका निर्वाह गर्नुभएका ब्यक्तिहरुलाई पनि सम्मान गरिएको छ ।

-साभार : http://www.radiomorningstar.com.np/news-details/3202/2018-09-06

प्रतिक्रिया