नेपाली सुनचाँदी कालिगढलाई शैक्षिक प्रमाणपत्र दिइने तयारी
शिक्षाखबर डेस्क
२८ भाद्र २०७५, बिहीबार
no immg

नेपालमा काम गरिरहेका सुनचाँदीका गरगहना बनाउने कालिगढहरुलाई अन्तराष्ट्रिय स्तरको दक्ष बनाउन नेपाल सुनचाँदी हस्तकला व्यावसायी संघ र प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिभिटी) को सहकार्यमा तालिम प्रदानगरी प्रमाण पत्र दिइने भएको छ ।

काठमाडौंमा ज्वेलरी स्कुल सञ्चालन हुने
सुनचाँदी हस्तकला व्यावसायी संघका केन्द्रिय अध्यक्ष मोहन बिश्वकर्माका अनुसार पहिलो चरणमा हाल काम गरिरहेका देशभरका ३५ हजार नेपाली कालिगढहरुलाई शीप प्रशिक्षण तालिम दिएर शैक्षिक रुपले दक्ष बनाउने योजना रहेको बताए ।

अध्यक्ष बिश्वकर्माका अनुसार पहिलो चरणको तालिमकालागि सिटिभिटीले एक वर्षे पाठयक्रम निर्माण गर्न सुरु गरिसकेको छ । पहिलो चरणमा काठमाडौंमा ‘ज्वलरी स्कुल’ सञ्चालन गरेर तालिम दिइने छ। अर्कोचरणमा सातबटै प्रदेशमा सुनचाँदी कालिगढ बन्न चाहने सबैका लागि तालिम आयोजना गरिनेछ ।

सुनचाँदीमा ५० हजार बिदेशी कालिगढ कार्यरत
सुनचाँदी व्यावसायी महासंघका अनुसार हाल नेपालमा एक लाख ५० हजार सुनचाँदी कालिगढहरु कार्यरत छन् । जसमा ५० हजार भन्दा बढि बिदेशी कालिगढहरु रहेका छन् । महंगा र कलात्मक गहना बनाउने कार्यमा ठूला सुनचाँदी व्यावसायीहरुले बिदेशी कालिगढलाई नै प्रयोग गर्ने गरेका छन्।

बिदेशी सुनचाँदी कालिगढहरुले एक वर्षमा ३० अर्ब भन्दा बढी रकम लिएर जानेको गरेको सुनचाँदी व्यावसायी महासंघले जनाएकाे छ ।

प्रतिक्रिया