गुल्मीका दुई नगरपालिका र १० गाउँपालिकामा कृषि सम्बन्धि विज्ञ सेवा प्रदान गर्ने उदेश्यले कृषि ज्ञान केन्द्र स्थापना गरिएकाे छ । प्रदेश पाँचका सांसद एवम् विशेष अधिकार समितिका संयोजक कमलराज श्रेष्ठले कृषि केन्द्रको उद्घाटन गरेका हुन् ।
केन्द्रको उद्घाटन गर्दै श्रेष्ठले संघीयता नेपालमा पहिलो अनुभव भएकाले सफलता र असफलता दुवै सामना गर्नुपर्ने बताए । कृषि ज्ञान केन्द्र प्रदेश पाँच अर्न्तगत भूमि व्यवस्थ कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय मातहतमा रहनेछ ।
सांसद श्रेष्ठले भूमिलाई वर्गिकरण गरेर कृषि क्षेत्रलाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिए । कृषि क्षेत्रमा विभिन्न प्राविधिक सेवा दिने उदेश्यले कार्यलय स्थापना भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख चक्रपाणि पन्थीले बताए ।