नेपालमा वाणिज्य/व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको शंकरदेव क्याम्पसले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन इन फाइनान्स (बिबिए–फाइनान्स) को कक्षा सञ्चालन गर्ने स्वीकृति पाएको छ । क्याम्पसले त्रिभुवन विश्वविद्यालयबाट उक्त स्वीकृति पाएको हो ।
हाल उक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको बिबिएस, एमबिएस, बिबिए, बिआइएम, एमबिएम तथा बिबिएमका कक्षा सञ्चालन भइरहेका छन् । ती शैक्षिक कार्यक्रममा वार्षिक ८ हजार विद्यार्थी भर्ना हुने गरेको जनाइएको छ ।
स्तरीय पठनपाठन तथा परीक्षाको उत्कृष्ट नतिजाका कारणले यो क्याम्पस ७७ वटै जिल्लाका विद्यार्थीको आकर्षणको केन्द्रबिन्दु बनेको क्याम्पसको दाबी छ । आगामी शैक्षिक सत्रदेखि यस क्याम्पसमा मास्टर्स अफ बिजिनेस एडमिनिस्ट्रेसन (एमबिए) सञ्चालन गर्ने लक्ष्य राखिएको कलेजले जनाएको छ ।






