गुणस्तरीय शिक्षाका लागि अरुणिमा कलेजमा बिसिए कार्यक्रम पनि
शिक्षाखबर डेस्क
८ आश्विन २०७५, सोमबार
no immg

काठमाडौंको पूर्वी भेगमा अवस्थित अरुणिमा कलेजले नेपालको शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाइसकेको छ । यस भेगका ख्यातिप्राप्त प्राज्ञिक एवं सामाजिक व्यक्तिहरूको सक्रियतामा यस कलेज सञ्चालित छ । स्थापनाकालदेखि नै अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्दै आएको यस कलेजमा विद्यार्थीलाई आफ्नो रुचि र क्षमताअनुसारका विषय छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गर्दै आएका छौँ । भौतिक एवं शैक्षिक रूपमा कलेज सक्षम र सवल छ । भूकम्पप्रतिरोधी भवन, फराकिला कक्षाकोठा, सुविधासम्पन्न पुस्तकालय, विज्ञान, होटेल म्यानेजमेन्ट र कम्प्युटरका व्यवस्थित प्रयोगशाला, सेमिनार हल, हाइजेनिक क्याफ्टेरिया, शुद्ध पिउने पानी, सुविधासम्पन्न खेल मैदान, प्रविधिमैत्री शिक्षण एवं प्रशासनिक, लेखा तथा परामर्श कक्षहरूको विशेष व्यवस्था भएको यो कलेजका सम्पूर्ण शैक्षिक कार्यक्रम प्राज्ञिक नीतिअनुसार सञ्चालित छन् ।

प्राविधिक जनशक्तिका लागि बिसिए

०६६ देखि त्रिभुवन विश्वविद्यालयलबाट अनुमति लिई बिबिएस कार्यक्रम सञ्चालनमा रहेको यस कलेजले ०७५ बाट बिसिए कार्यक्रम थप गरी प्राविधिक एवं व्यावसायिक शिक्षामा पहुँच विस्तार गरेको छ । समय प्रविधिको सहयोगमा फड्को मारिरहेको छ ।

विद्यार्थीले अध्ययनपछि समाजमा आफूलाई प्रतिस्पर्धी बनाउन प्राविधिक शिक्षाको महत्व बढ्दो रहेको छ । समाजमा उपयोगी र समय सुहाउँदो शिक्षा दिनेक्रममा अरुणिमा कलेजले बिसिए कार्यक्रम पनि सञ्चालनमा ल्याएको हो । कलेजले बिसिए अध्यापनका लागी सम्पूर्ण तयारी सम्पन्न गरिसकेको छ ।

शैक्षिक योजनाअनुसार विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धी बनाउन ज्ञान, सीप र दृष्टिकोण प्रदान गर्नु यस कलेजको मुख्य उद्देश्य हो । यहाँ शैक्षिक क्यालेन्डरअनुसार निर्माणात्मक र निर्णयात्मक परीक्षा प्रणालीद्वारा विद्यार्थीको मूल्यांकन गरिन्छ ।

अतिरिक्त क्रियाकलाप

अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीलाई खेलकुद, योग, संगीत, नृत्य, हस्तकलाका साथै साहित्य रचना, हाजिरी जवाफ, वादविवाद, शैक्षिक भ्रमण तथा सामाजिक कार्यहरूमा सहभागी गराइन्छ ।

समय–समयमा अभिमुखीकरण तालिम, अभिभावक भेला, कार्यशाला तथा फिल्ड रिसर्च गराई सिकाइलाई व्यावहारिक र जीवन उपयोगी बनाउनुका साथै विद्यार्थीलाई पढाइमा सक्रिय गराउन पार्टिसिपेटरी र प्रोजेक्ट बेस्ड विधिबाट कक्षा सञ्चालन गरिन्छ । विद्यार्थीको रुचि र समाजको आवश्यकतालाई ध्यानमा राखी उचित पारमर्श प्रदान गरी भविष्य निर्माणका लागि बाटो देखाइन्छ ।

सम्पूर्ण व्यक्तित्व विकासका लागि शिक्षा भन्ने भनाइलाई आत्मसात् गरिएको यस कलेजमा अध्ययनरत विद्यार्थीको मानसिक, शारिरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं व्यावसायिक पक्षहरूको विकासमा जोड दिँदै आएको छ ।

प्रतिबद्धता

गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक सम्पूर्ण शैक्षिक पूर्वाधार संस्थाको एक सबल आधार हो । शिक्षाले बहुआयामिक व्यक्तित्व निर्माण गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । बिसिए तथा बिबिएसजस्ता कार्यक्रम प्राविधिक एवं व्यवस्थापकीय मानव संसाधन निर्माणमुखी हुनुपर्छ ।

संस्थाले उक्त कार्यका लागि पाठ्यक्रमका अतिरिक्त अन्य सीपहरू विकास गर्ने गतिविधि पनि गराउनेछ । बिसिए कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार ३५ जना विद्यार्थी भर्ना लिइनेछ ।

प्रतिक्रिया