जनस्वस्थ्य संघ नेपालको केन्द्रीय निर्वाचनको लागि उम्मेदवारी दिएको प्रगतिशिल समूहको प्रचारप्रसार तिब्र
शिक्षाखबर डेस्क
९ आश्विन २०७५, मंगलवार
no immg

चितवन/जनस्वस्थ्य संघको निर्वाचनमा उम्मेदवारी दिएका डा. मोहनकृष्ण श्रेष्ठसहितको १५ जना कार्यसमितिका उम्मेदवारहरुले सातै प्रदेशमा अन्तक्रिया र छलफललाई तिव्रता दिएको हो । चितवनमा पनि प्रगतिशल समूहले मतदातामाँझ आफनो एजेन्डा प्रस्तुत गरेका छन् ।
प्रगतिशिल समुह का उमेदवारहरु र जनस्वास्थ्यकर्मीहरु बीच सम्पन्न चुनावी कार्यक्रममा संघका अध्यक्षका उम्मेदवार श्रेष्ठले जनस्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धी गर्न सदैव अग्रसर रहने बताएका छन् । दक्ष जनस्वास्थ्यर्की उत्पादन गर्न र समय सापेक्ष पाठ्यक्रम विकास गरि लागु गर्न पहल गर्ने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा उम्मेदवारहरु अध्यक्षमा मोहन कृष्ण श्रेष्ठ, उपाध्यक्षमा सुदर्शन पौडेल, महासचिवमा चित्रजङ शाही , सदस्यमा कैलाश खाकी श्रेष्ठ र दुर्गा बजगाईको उपस्थिति रहेको थियो ।
प्रगतिशिल समूहबाट संघको अध्यक्षमा डा. मोहनकृष्ण श्रेष्ठ, उपाध्यक्षमा सुर्दशन पौडेल, महासचिबमा चित्रजंग शाही, कोषाध्यक्षमा रमेश भट्ट, सचिब दिपेन्द्र खड्का, सहकोषाध्यक्षमा नरेन्द्रकुमार झाले उम्मेदवारी दिएका छन् । यसै समूहबाट सदस्यमा कैलाश खाकी श्रेष्ठ, केशव चपागाई, कैलाश तिम्सिना, कमल रानाभाट, बसन्त देवकोटा, विरेन्द्र कुमारसिंह, दुर्गा बजगाई र प्रजिता मालीले उम्मेदवारी दिएका हुन् ।
नेपाल कम्यिूनिष्ट पार्टी निकटका स्वास्थ्यकर्मीहरुले प्रगतिशल समूह बनाएर डा. मोहन श्रेष्ठको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै नेपाली काँग्रेस निकटका स्वास्थ्यकर्मीहरुले श्रीकृष्ण भट्टलाई अध्यक्षको उम्मेदवार बनाएका छन् । संघको निर्वाचन अगामी असोज १३ गते हुने बताईएको छ ।

प्रतिक्रिया