जनस्वास्थ्य संघ ( नेफा )को निर्बाचन पूर्व निर्धारित समय तालिकामै हुने
शिक्षाखबर डेस्क
१२ आश्विन २०७५, शुक्रबार
no immg

काठमान्डौ/जिल्ला प्रसासन कर्यालय ललितपुरले चुनाब नगराउन निर्णय गरे संगै अनिश्चित बनेको जनस्वास्थ्य संघ ( नेफा )को निर्बाचन पूर्व निर्धारित समय तालिकामै हुने भएको छ ।
आजै बिहान बसेको कार्यसमितिका बहुमत सदस्यको बैठकले हो पूर्वनिर्धारित समयमै निर्वाचन गराउने निर्णय गरेको हो । पुर्ब निर्धारित समयमा जनस्वास्थ्य संघ नेफाको चुनाव हुने या नहुने भन्ने मा अन्योल उत्पन्न भयको थियोे । भोलि असोज १३ हुने भनिएको निर्बाचनमा सहभागी हुन जाने कि नजाने भन्नेमा जनस्वास्थ्यकर्मीहरुमा अन्योलता कायम रहेता पनि निर्बाचन निर्धारित समय तालिका अनुसारनै हुने भयको छ।


हिजो जिल्ला प्रसासन कर्यालय ललितपुरले चुनाब नगराउन र पहिला लेखा परिक्षण गरी महाअधिबेशन गरेर प्रक्रियामा जान निर्णय गरे संगै निर्बाचन हुने कि नहुने भन्ने बिषयको बहस सामाजिक संजालमा सुरु भएको थियोे । त्यस लगत्तै जनस्वास्थ्यकर्मीहरु भोट हाल्न जाने या नजाने भन्नेमा दोधारमा थिए ।

हिजो ललितपुर जिल्ला प्रशासनमा परेको उजुरीमाथि छलफल हुँदा स्थगित गर्ने सहमति एक पक्षले गरेको थियो,तर कार्य समितिका बहुमत सदस्यको बैठकले आज पूर्वनिर्धारित समयमै निर्वाचन गराउने निर्णय गरेको प्रगतिशील समुहको अध्यक्ष पद्का उमेदवार मोहन कृष्ण श्रेष्ठ बताउछन ।

पूर्वनिर्धारित समयमै निर्वाचन गराउने निर्णय गरेता पनि सूचना प्रकासन को मिति भने उल्लेख गरिएको थिएन । निर्वाचन समितिले निकल्नु पर्ने वक्तब्य निर्वाचन कमिटी को अनुरोधमा पुर्ब कमिटीले निकालेको हो तर अब चुनाब जुनसुकै हालतमा पनि हुने निश्चित भएको प्रगतिशील समुहको सचिव पद्का उमेदवार दिपेन्द्र खड्काले बताएका छन।
नेफामा गैर जनस्वास्थ्यकर्मी सदस्य रहेको, NGO को ठेकेदारि संस्था को रूपमा बिकास हुँदै गएको, dollar को खेती भएको, केही व्यक्तिको मनोमानीमा संस्था चलेको र आर्थिक पारदर्शिता नभएको आरोप लगाइदै आएको छ । तर पहिला जे जस्तो भएको भए पनि अब बिकास र परिवर्तन प्रगतिशील समुह बाट मात्र सम्भब भयको र त्यसका लागि तयार रहन सम्पूर्ण जनस्वास्थ्यकर्मीहरुलाई सदस्य पद का उम्मेदवार केशब चापागाई अनुरोध गर्छन ।

 

प्रतिक्रिया