AFU रामपुर संयुक्त्त बिद्यार्थी संगठन फेरी आन्दोलित
शिक्षाखबर डेस्क
१३ आश्विन २०७५, शनिबार
no immg

चितवन/ कृषि तथा वन विग्यान विश्वविध्यालय रामपुरमा क्रियाशिल ४ बिद्यार्थी संगठनहरु पुन निजि सम्बन्धनकै बिषय लिएर बिश्वबिद्यालयको परिक्षा र पठनपाठन बाहेक सम्पूर्ण कामकारबाही बन्द गर्दै संयुक्त्त बिज्ञप्ति जारि गरि आन्दोलनमा उत्रियको जनाएको छ ।

कृषि तथा वन विग्यान विश्वविध्यालयको कार्यकारी परिषद्ले ८ वटा निजि कलेजलाइ सम्बन्धन दिने गत असार २० गते निर्णय गरेको थियो । यसको विरोधमा विध्यार्थी संघ /संगठनहरुले बन्दसहितका विभिन्न आन्दोलन गरेर नेपाल सरकारको मन्त्रीपरिषदले गत साउन १४ गते सम्पुर्ण सम्बन्धन प्रकृया रद्द गर्ने निर्णय गरेको थियो । पछि सिद्धान्त वन क्याम्पसको तर्फबाट निजि कलेज सन्चालकहरुले सरकार र विश्वविध्यालयलाइ प्रतिबादी बनाउदै सर्बोच्च अदालतमा मुद्दा दायर गरे । आहिले विश्वविध्यालयमा पुन बिध्यार्थिहरुले आन्दोलन सुरु गरेका छन ।
बिश्वविध्यालयका शैक्षिक र परीक्षा बाहेकका सबै काम कारबाही ठप्प बनाएको अखिल (क्रान्तिकारी ) विश्वविध्यालय समितिका अध्यक्ष नगेन्द्र दाहालले बताए । उनका अनुसार विश्वविध्यालयका केही पदाधिकारिहरुले झुटा कागजातपत्रहरु बनाएर निजि कलेजहरुलाइ प्रमाण जुटाइदिएकाले उनिहरुले सर्बोच्चमा मुद्दा दायर गरेका हुन । भदौ १२ गतेको सुनुवाइमा विश्वविध्यालयको वकिलले प्रतिबादिको तर्फबाट सरकारले गरेको निर्णयको बचाउ गर्नुको साटो निजि सम्बन्धनकै पक्षमा वकालत गरेर विश्वविध्यालय सरकारको बिरोधमा लागेको,निर्णय कार्यान्वयनमा गैरजिम्मेवार बनेर निजि कलेजकै पक्षमा लागेकाले आन्दोलनका कार्यक्रम अगाडि बढाउनुपरेको विध्यार्थि संगठनहरुको भनाइ छ । सर्बोच्चले असोज ०९ गते अग्राधिकार सहितको अन्तरिम आदेश निजि कलेजहरुकै पक्षमा जारी गरेको छ । बिश्वविध्यालय स्थापना भएदेखी नै पदाधिकारिहरु माफियाहरुको चलखेलमा लागेर निजीकरणमा उद्दत भएकाले बिध्यार्थि संगठनहरुले स्थापनाकालदेखी नै सम्बन्धनको बिरोध जनाउदै आएक थिए । कुनै हालतमा सम्पुर्ण सम्बन्धन खारेज नभएसम्म आन्दोलन चलिरहने आन्दोलनरत विध्यार्थिहरु बताउछन।

प्रतिक्रिया