पोखरा / नेपाल जनस्वास्थ्य संघ (नेफामा)को आज जारि निर्वाचनमा मतदातामै जेष्ठ ८० बर्षिय जनस्वास्थ्यकर्मी डा. कुमार सम्सेर जबराले गण्डक प्रदेशको मतदान केन्द्र रहेको पस्चिमाञ्चल क्षेत्रीय तालिम केन्द्र पोखरामा मतदान गरेका छन ।
रामघाट पोखरा -१०, निवासी जबरा mbbs , mph गरि नेपाल सरकार को सिभिल सर्जन भएर ४० बर्षको उमेर सम्म सेवा गरेका थिए । जिन्दगीमा जनस्वास्थ्यले आम मानिसको जीवन परिवर्तन गर्न सक्छ भन्ने मुल ध्येय बोकेका डा. जबरा ले जुनसुकै प्यानलको बिजय भए पनि हाम्रो जस्तो बिकासोन्मुख देशमा बिकासको लागि जनस्वास्थ्यको अत्यन्तै ठुलो भुमिका रहेको बताउदै आफू बाचुन्जेल जनस्वास्थ्य क्षेत्रमा लागि रहने प्रतिबद्धता सहित दुबै पक्षका उम्मेदवारलाई शभकामना ब्यक्त गरेका छ्न।
१६०० मतदाता रहेको नेपाल जनस्वास्थ्य संघ (नेफा) को निर्वाचन आज १३ गते संघको सदस्यता लिएका देश भरिका जनस्वास्थकर्मीहरुलाइ पायक पर्ने गरि ७ वटै प्रदेशमा मतदान केन्द्रको व्यवस्थापन गरि निकै नै सौहार्दपूर्ण बातावरणमा बिहान ८ बजेबाट मतदान सुरु भएको र बेलुका ५ बजेसम्म जारि रहने मतदान प्रतिनिधि तिर्थराज आचार्य कास्कीबाट बताउछन ।