सायम कलेजको जोड म्यानेजर, बिजनेस लिडर र आन्ट्रप्रेनर बनाउनमा
शिक्षाखबर डेस्क
१५ आश्विन २०७५, सोमबार
no immg

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (सायम) कलेजको स्थापना सन् २००५ मा भएको हो । सायम एउटा स्वायत्त शिक्षण संस्था हो । अन्डर ग्राजुएट तथा ग्राजुएट डिग्री खोज्ने विद्यार्थीलाई सायमले आवश्यकताअनुरूपको म्यानेज्मेन्ट शिक्षा प्रदान गर्छ । पहिल्ला केही वर्षमा सायमले काठमाडौं उपत्यकाबाहिरका विद्यार्थीलाई लक्षित गरेर एडमिसन अवसर बढाएको छ । त्यसमा पनि उच्च शिक्षाको पहुँच र अवसर न्यून भएका जिल्लाका विद्यार्थीका लागि एडमिसनका लागि विशेष अवसर प्रदान गरेको छ ।

विद्यार्थीलाई अध्ययनपश्चात् म्यानेजर, आन्ट्रपे्रनर र बिजनेस लिडर बनाउने म्यानेजमेन्ट कोर्समा सायमले जोड दिएको छ । अहिलेको बजारको मागअनुरूपको म्यानेजमेन्ट शिक्षा दिनु नै सायमको मुख्य उद्देश्य हो । यही उद्देश्य प्राप्तिका लागि हामीले हाम्रा सम्पूर्ण क्रियाकलापलाई सोहीअनुरूप तयार गरेका छौँ । सायमलाई उच्च प्रतिबद्धता र दृढता भएको गुणस्तरीय क्षेत्रीय शैक्षिक केन्द्रको रूपमा स्थापना गर्न हामी प्रयासरत छौँ । दक्षिण एसियाली मूल्य मान्यता, आदर्श र नैतिकतामा रहेर काम गर्न सक्ने म्यानेजर उत्पादन गर्ने सन्दर्भमा हामी कटिबद्ध छौँ । रटान तथा नक्कल गरेर अध्ययन अध्यापन हुने शैक्षिक प्रणालीलाई सायमले लागू गर्दैन ।

सैद्धान्तिक र व्यावहारिक ज्ञानको खाडल पुर्न सायमले दक्ष र विज्ञ जनशक्तिमार्फत विश्वस्तरीय शिक्षा प्रणाली तथा प्रशिक्षण प्रदान गर्दै आएको छ । विद्यार्थीलाई अन्तर्राष्ट्रिय म्यानेजमेन्ट शैक्षिक कार्यक्रम साथै दक्षिण एसियाली बिजनेसमा आवश्यक तथा बजारले माग गरेबमोजिमको शिक्षा प्रदान गर्न कस्टमाइज्ड कोर्षहरूसमेत उपलब्ध गराएका छौँ ।

आफ्ना मानव स्रोतको व्यवस्थापन गर्ने सन्दर्भमा ‘मानिस नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति’ भन्ने मूल आदर्शलाई सायमले आत्मसात् गरेको छ । आफ्नो उद्देश्य हासिल गर्न सायमले महत्वपूर्ण जनशक्तिलाई अकर्षित गर्ने, विकास गर्ने तथा संस्थामा राख्दै आएको छ । सायममा अध्ययन गर्ने विद्यार्थीले उत्कृष्ट प्राध्यापक, गेस्ट स्पिकर तथा अध्ययन पूरा गरेका कलेजका सर्वोत्कृष्ट अलम्नाइबाट ज्ञान आर्जन गर्ने अवसर प्राप्त गर्दछन् ।

सायम कलेजले विद्यार्थीलाई जब प्लेसमेन्टको अवसर पनि उपलब्ध गराउँदै आएको छ । साथै, प्लेसमेन्ट सेलमार्फत विद्यार्थीको सीपको मूल्यांकन गराउँछ । रोजगारीका विभिन्न अवसर उपलब्ध हुँदा विभिन्न कम्पनीले दक्ष जनशक्तिका लागि कलेजमा सोझै सम्पर्क गर्छन् । सायम कलेजमा अध्ययन पूरा गरेका विद्यार्थीहरू हाल सूर्य टोब्याको, युनिलिभर, गोर्खा बु्रअरी, स्टान्डर्ड चार्टर्ड बैंंक, नबिल बैंंक, नेपाल राष्ट्र बैंंक, एभरेस्ट बैंक, हिमालयन बैंंकलगायतका वित्तीय संस्थामा कार्यरत छन् ।

वास्तविक कार्यक्षेत्रलाई आवश्यक पर्ने व्यावहारिक ज्ञान तथा आधुनिक म्यानेज्मेन्टको अवधारणा हासिल गरेका व्यावसायिक म्यानेजर तथा अन्ट्रप्रनर उत्पान गर्न हामी प्रतिबद्ध छौँ । हाम्रा उत्कृष्ट फ्याकल्टीले नेपालभित्र मात्र नभएर सिंगो दक्षिण एसियाली क्षेत्रमा प्रतिस्पर्धा गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्दै आएको वास्तविकताप्रति हाम्रो पूर्ण विश्वास छ । सायम कलेजले सिंगो दक्षिण एसियाली बजारले माग गरेअनुरूपको जनशक्ति उत्पादन गर्ने हुँदा कुनै यस क्षेत्रका ठूला कम्पनी तथा वित्तीय संस्थामा आफ्नो करिअर बनाउने अवसर पाउनेछन् ।

प्रतिक्रिया