नेविसंघले गर्‍यो कञ्चनपुरका शैक्षिक संस्था बन्द
शिक्षाखबर डेस्क
१६ आश्विन २०७५, मंगलवार
no immg

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा पक्राउ गर्न माग गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले सोमबार कञ्चनपुरका शैक्षिक संस्था बन्द गराएको छ।

निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ६८ दिन बितिसक्दा समेत अहिलेसम्म हत्यारा पक्राउ नपरेको भन्दै बिरोध स्वरुप एकदिने शैक्षिक संस्था बन्द गरिएको नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले जानकारी दिए। उनले निर्मला पन्त बलात्कार र हत्याप्रकरणसँगै महँगीको बिरोधमा शैक्षिक संस्था बन्द गरिएको बताए।

बन्दका कारण जिल्लाका शैक्षिक संस्था बिहानैदेखि बन्द भएका छन्। बिहानै स्कुल, कलेज पुगेका बिद्यार्थी घर फर्किएका छन्। बन्दको औपचारिक जानकारी नहुदा बिद्यार्थीहरु बिहानै स्कुल, कलेज पुगेका थिए।

नेविसंघका केन्द्रीय सदस्य चन्दले भने,’सरकारले हत्यारा पक्रिन सकेको छैन दिनानुदिन एकपछि अर्को लापरबाही गर्दैछ।´ उनले नेविसंघले अझै चरणबद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए। नेविसंघले मंगलबार एकदिने कञ्चनपुर बन्दकोसमेत घोषणा गरेको छ। आइतवार बेलुकी नेविसंघले सदरमुकाम महेन्द्रनगरमा राके जुलुस निकालेको थियो।

प्रतिक्रिया