बेसार खेतीबाट मनग्य आम्दानी
शिक्षाखबर डेस्क
१८ आश्विन २०७५, बिहीबार
no immg

धनकुटा/धनकुटाका कृषक पछिल्लो समय व्यवसायिक बेसार खेतीतर्फ आकर्षित बनेको छन् । विगतमा सामान्य ढंगले खेती गर्दै आएका कृषकले बेसारको माग र मुल्य आकर्षक भएसँगै व्यावसायिक रुप दिएका हुन् । खासगरी जिल्लाको साँगुरीगढी गाउँपालिकास्थित आहाले, महाभारत क्षेत्रका कृषकले बृहत रुपमा बेसार खेती गर्दै आएका छन् । आहालेका किसान भगतसिं राईले १४ रोपनी क्षेत्रफलमा लगाएको बेसार बिक्री गरेर यस वर्ष ५ लाख बढी आम्दानी हात पारेको बताए । उनले भट्टीमा सुकाएको बेसार प्रति केजी ३ सय ५० रुपैयाँसम्म मुल्यमा बिक्रि गरेका छन् । यस्तै स्थानीय रणबहादुर राईले पनि ९ रोपनी क्षेत्रफलमा लगाएको बेसारलाई बिस्तार गरेको जानकारी दिए । उनले पनि यस वर्ष २ लाख बढीको आम्दानी गरेको बताए । भिरालो पाखा बारीमा सिंचाई समेत आवश्यक नपर्ने भएकोले बेसार खेती सहज बन्दै गएको कृषकको भनाई छ । जिल्लाको आहाले र महाभारत क्षेत्रलाई बेसारको पकेट क्षेत्र घोषणा गर्न समेत स्थानीय कृषकले प्रदेश सरकार समक्ष माग गरेका छन् ।

प्रतिक्रिया