नेकपाका बिध्यार्थी संगठनले गरे प्रहरी प्रमुख सर्बेन्द्र खनालकै बर्खास्तिको माग
शिक्षाखबर डेस्क
१८ आश्विन २०७५, बिहीबार
no immg

काठमाडौं/सत्तारुढ पार्टी नेकपाका बिध्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियूू(क्रान्तिकारी) ले नेपाल प्रहरी प्रमुख सर्बेन्द्र खनालको बर्खास्तको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेका छन ।
कंचनपुरकि १३ बर्षिय बालिका निर्मला पन्तको बलत्कार पछि हत्या हुनु,उक्त काण्ड एक पछि अर्को गर्दै रहस्यमय बन्दै जानु, अनुसन्धानमा संलग्न अधिकारीहरु नै प्रमाण मेटाउन लागि परेको देखिनु ,महिनौ बित्दा पनि जनता बिस्वस्त हुन नसक्नु र कतै न्याय त मर्दैन? भन्ने आशन्काहरु जन्मिनु र दिनहु जसो बलत्कारका घट्ना भइरहनु , एसिड प्रहारका शृङ्खला थपिनु र हत्याका घटनाहरु बढ्दै जानुले सरकार र यसका अङ्गहरु माथी नै गम्भीर उब्जिएको कारण ज्ञापनपत्रमा उल्लेख गर्दै जनताको जिउधनको सुरक्षामा सिङ्गो संरचनालाइ प्रभाबकारी प्रभाबकारी बनाउन असक्षम रहेको आरोप लगाउदै प्रहरी प्रमुख खनालको बर्खास्तिको माग गरेका हुन।

निर्मला हत्या प्रकरणमा गठित छानबिन समितिको निस्कर्श तुरुन्त सार्बजनिक गरि दोषीलाई कडा करबाहीको माग गरेका छन । साथै यातायातमा गरिएको मूल्यबृद्दी फिर्ता,महङ्गी नियन्त्रण लगाएतका ७ बुदे माग सहित दुबै सङठनका अध्यक्षहरु नबिना लाम र रन्जित तामाङद्वारा हस्ताक्षरित ज्ञापनपत्र आज अपराह्न गृहमन्त्री रामबहादुर थापा बादलको कार्यकक्षमै दुबै संगठनका अध्यक्षसहितका प्रतिनिधिहरु पुगि ज्ञापनपत्र पेश गरेका छन।

प्रतिक्रिया