नेपाललाई मेडिकल हब बनाइने
शिक्षाखबर डेस्क
१९ आश्विन २०७५, शुक्रबार
no immg

काठमाडौं : नेपाल मेडिसिटीले नेपाललाई मेडिकल हबको रूपमा विकास गरी मेडिकल टुरिजमको रूपमा चिनाउने अभियान थालेको छ। बंगलादेशस्थित नेपाली राजदूतावासको सहयोगमा नेपाललाई उपचारको राम्रो गन्तव्यको रूपमा पहिचान गराउन ढाकामा एक अन्तरक्रिया कार्यक्रममार्फत बंगलादेशीलाई नेपालमा उपचारका लागि आउन आह्वान गरिएको छ।

बंगलादेशका उद्योगपति, पर्यटन व्यवसायी, चिकित्सक, पत्रकारसँगको अन्तक्र्रियामा नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले नेपालको हावापानी, रहनसहन, संस्कृतिको साथमा विश्वस्तरीय सुविधा लिन नेपाल सहज गन्तव्य हुने बताए। भारतलगायत अन्य देशभन्दा धेरै कम शुल्कमा विश्वस्तरीय सुविधा प्राप्त गर्न सकिने र ढाकाबाट काठमाडौं पुग्न करिब डेढ घण्टा मात्र लाग्ने भएकाले उपचारका लागि नेपाल केन्द्र रहने जयरामले बताए।

बंगलादेशका लागि नेपालका राजदूत प्रा.डा. चोपलाल भुसालले नेपालले पर्यटनका अलावा सेवा क्षेत्रलाई पनि प्रमुखताका साथ प्रवद्र्धन गर्न सक्ने बताउँदै स्वास्थ्योपचारमा नेपालले धेरै राम्रो काम गरेको बताए।

प्रतिक्रिया