प्लास्टिकबाट डिजेल उत्पादन
शिक्षाखबर डेस्क
२० आश्विन २०७५, शनिबार
no immg

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकले प्लास्टिकबाट डिजेल उत्पादन गरिसकेका छन् । दैनिक प्रयोगबाट खेर जाने प्लास्टिक प्रशोधन गरेर उनीहरूले डिजेल उत्पादन गरेका हुन् । सफल परीक्षण भए पनि प्रयोगमा भने आउन सकेको छैन । कुन प्लास्टिकबाट कति तेल, कुन गुणस्तरको उत्पादन हुने भन्ने पनि अध्ययन भइसकेको छ । सवारीसाधनमा प्रयोग गर्न मिल्ने उच्च गुणस्तरको भएको डा. ढकालले जानकारी दिए ।

अध्ययनअनुसार १ किलो प्लास्टिकबाट १ लिटर डिजेल उत्पादन हुन्छ । तर, काठमाडौं महानगरपालिकाबाट निस्कने फोहोरमा पाइने प्लास्टिकबाट भने १० किलोबराबर ६ किलो डिजेल मात्रै उत्पादन हुन्छ । महानगरको फोहोर प्लास्टिकमा बालुवा, माटोलगायत फोहोर हुने भएकाले डिजेल कम उत्पादन भएको अनुसन्धानले देखाएको छ ।

काठमाडौं महानगरमा दैनिक ७५ टन फोहोर उत्पादन हुने गरेको छ । त्यसबाट ४५ टन डिजेल उत्पादन हुने नास्टको अध्ययन बताउँछ । प्लास्टिकबाट उत्पादित डिजेल खुद्रा बजारमै प्रतिलिटर ५० रुपैयाँमा बिक्री गर्न सकिने बताउँछन् डा. ढकाल ।

यो आधारमा ४५ टन डिजेल बिक्री गर्दा दैनिक २२ लाख रुपैयाँ आम्दानी हुन्छ । प्लास्टिकबाट डिजेल उत्पादनसम्बन्धी नास्टका प्रविधि विभाग प्रमुख डा. ढकालको कार्यपत्र संयुक्त राष्ट्रसंघमा उत्कृष्ट १० मा छनोटसमेत भएको थियो ।

प्रतिक्रिया