काठमान्डौ/समसामयिक राजनीति, पार्टी विधानको मस्यौदा तथा नेविसंघको विधानबारे छलफल गर्न नेपाली कांग्रेस कार्यसमिति वैठक आज वस्दैछ । नेविसंघको राजनीतिमा उमेर हदको विषय पेचिलो बनेपछि कार्यसमिति वैठक प्रभावित हुदै आएको छ । उमेर हद ३२ वर्ष बनाउने विषयमा सहमति हुन नसकेपछि १२ महाधिवेशन अन्यौलमा परेको छ भने नेताहरुलाई समेत विवाद मिलाउन कठिन भएको छ । ३२ वर्षे उमेर हद लागुभए नेतृत्वमा आकांक्षी देखिएका आधादर्जन वढी नेताहरु प्रतिस्पर्धा गर्नबाट बन्चित हुनेछन् । विद्यार्थी राजनीतिको सिधा प्रभाव पर्ने भएकाले नेतृत्व समेत विवाजित भएपछि गत शुक्रबार बस्ने भनिएको वैठक समेत स्थगित भएको थियो । आजको वैठकले नेविसंघका देखिएको उमेर हदको सम्वन्धी विवाद समाधान गर्ने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो । यस्तै वैठकमा पार्टीको विधान मस्यौदाबारे पनि छलफल हने बताईएको छ । मस्यौदा समितिले पार्टीको विधानबारे प्रादेशिक तवरबाट आएको सुझावलाई एकीकृत गर्ने तयारी गरेपनि सभापतिको अधिकारलाई लिएर विवाद भएको छ । वैठकमा सरकारको नियमति काम कारवाहीको समिक्षा र प्रतिपक्षीको भूमिकाबारे पनि छलफल हुनेछ । संसदमा प्रतिपक्षीको भूमिका कमजोर भएको भन्दै आलोचना भईरहेका वेला संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो ।