युवा बिद्यार्थीलाई विदेशीन रोक्ने कामको नेतृत्त्व अब अनेरास्वबियूले गर्ने : उपाध्यक्ष गौतम
शिक्षाखबर डेस्क
२१ आश्विन २०७५, आईतवार
no immg

 

चितवन / बिजया दशमी,दिपावली एवंम् छठपर्वको अवसरमा सप्तगण्डकी बहुमुखी क्याम्पसमा क्रियासिल नेकपा निकट दुइ बिद्यार्थी संगठन अनेरास्वबियू क्रान्तिकारी र अनेरास्ववियुद्वारा संयुक्त्त रुपमा आयोजित शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष बिजय गौतमले दिनहु अध्ययन र रोजगारको शिलसिलामा विदेशिने युवाबिध्यार्थीलाइ बिदेशिनबाट रोक्ने कामको नेतृत्व एकता पश्चात बन्ने अनेरास्वबियूले गर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका गौतमले जनताबाट अनुमोदित दुइतिहाइको सरकारले देशभित्रै अत्यधिक मात्रामा रोजगारीको सिर्जना गरि युवाको श्रम बेची रेमिट्यान्स भित्राउने प्रचलनको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी निर्मला हत्या प्रकरणलाइ जोड्दै महिनौ सम्म घटना का दोषी पक्राउ गर्न नसक्ने प्रहरी प्रसासन र प्रहरीनै प्रमाण मेटाउन संग्लग्न रहेको देखिनुले प्रहरी प्रसासन र त्यसको नेत्रित्व आइजीपी सर्बेन्द्र खनाल माथि नैतिक प्रश्न खडा भएको र यस घटनाको सत्यतथ्य तत्काल जनतासामु नल्याइए संगठन र जनतालाई सहिय नहुने प्रस्ट्याउदै सरकारलाइ कमजोर बनाउने खेल कहिँकतैबाट नखेल्न चेतावनी पनि दिएका छन् साथै त्यस्ता षड्यन्त्रको प्रतीबाद गर्न कार्यकर्तालाइ निर्देशन दिनुभयो । सत्तारुढ दल नेकपाका बिद्यार्थी संगठनले संयुक्त्त रुपमा प्रहरी प्रमुखको बर्खास्तीको माग सहित गृहमन्त्री सामु ज्ञापनपत्र पेश गरि सकेका छन् ।

सो कार्यक्रमममा पूर्व क्याम्पस प्रमुख एवम नेकपा चितवनका नेता जगन्नाथ थपलिया, इश्वर सापकोटा क्रान्तिकारीका केन्दीय सचिब पवन कार्की, अनेरास्ववियु कि केन्द्रिय अनुसाशन आयोग अध्यक्ष निशा अधिकारि, पूर्व विद्यार्थी नेताहरु दिलिप पौडेल र ऋशि रेग्मीले शुभकामना मन्तब्य राख्नु भएको थियो भने दुवै बिद्यार्थी संगठनका केन्द्रीय र जिल्ला स्तरीय नेताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया