पोली हाउसमा खेती
शिक्षाखबर डेस्क
२४ आश्विन २०७५, बुधबार
no immg

दार्चुला : दाचुर्लाका अधिकांश किसान पोली हाउसमा मौसमी र बेमौसमी तरकारीखेती गर्छन्। उत्पादनका हिसाबले खुलारूपमा लगाएको भन्दा पोली हाउसभित्र लगाएको तरकारीले बढी उत्पादन दिन थालेपछि उनीहरू पोली हाउसतर्फ आकर्षित भएको अशोक ओझाले बताए।

पोली हाउसभित्र लगाइएको तरकारीको उत्पादन बढी हुने, बेमौसमी तरकारी फलाउन सकिने, आधुनिक प्रविधियुक्त र सिँचाइ गर्न सकिने महाकाली नगरपालिकाको थाप्लाका किसान विक्रम सामन्त बताउँछन्। पोली हाउसभित्र उत्पादन राम्रो भएको देख्दा कृषकको रुचि यसतर्फ बढेको हो। पहल कार्यक्रम अन्तरगत अहिले जिल्लाका साविकका गाविस भगवती, मालिकार्जुन, रिठाचौपाता, बोहरी गाउँ तथा खरकडा गाविसमा कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन सम्बन्धी काम गरी रहेको छ।

कार्यक्रम लागू भएका साविकका गाविसमाका कृषक समूहमार्फत संस्थाले तरकारीखेती, वेर्ना उत्पादनमा सहयोग गरेको छ। २०४९ सालमा स्थापना भएको संस्था सामुदायिक ग्रामीण विकास समाज नेपालले दार्चुलाका विभिन्न क्षेत्रमा विकास निर्माणलगायत समाज परिवर्तनका क्षेत्रमा काम गर्दै आइरहेको छ। गोलभेंडा गाउँमै ५० रुपयाँ प्रतिकिलो बिक्री भइरहेको छ।

प्रतिक्रिया