बिषादी न्यूनीकरणमा स्थानीय सरकारको चासो
शिक्षाखबर डेस्क
२४ आश्विन २०७५, बुधबार
no immg

चितवन/ नेपाल जनस्वास्थ्य प्रतिष्ठान चितवनको आयोजनामा बिषादी न्युकरण सम्बन्धि योजना तर्जुमा तथा अन्तरक्रिया कार्यक्रममा चितवनका ४ स्थानीय सरकारले बिषादी न्यूनीकरणमा चासो देखाउदै आफ्नो सहभागिता जनाएका छन् ।
जिल्ला समन्वय समिति चितवनका सभापति कृष्ण कुमार डल्लाकोटिको प्रमुख आतिथ्यमा र प्रतिष्ठानका अध्यक्ष डा.महेश कुमार मास्केको अध्यक्षता मा २३ गते सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका प्रतिनिधि , कालिका,राप्ति र खैरहनी नगरपालिकाका प्रमुख
लगाएत कृषि,स्वास्थ्य र शिक्षा शाखाका संयोजकहरु, कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय कृषि संकायका डिन, कृषि सहकारी र कृषक प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति डल्लकोटिले बिषादी न्युनिकरनको बिषय जनताको प्रत्यक्ष स्वास्थ्यसंग जोडिएको निकैनै संबेदनशील बिषय रहेकाले यसलाई स्थानिय सरकार, प्रदेश, संघ हुदै रास्ट्रीयस्तरमा अभियानकै रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिनु भएको थियो भने कार्यक्रमका अध्यक्ष डा. मास्केले बिषादी मुक्त खाद्यन्न, प्रतिष्ठानको सपना रहेकोले यसलाइ बिषादी न्यूनीकरण अभियान मार्फत चितवनमा सुरु गरेको र यस परियोजना चितवनका स्थानीय सरकारहरु संग समन्वय गर्दै बिषादी मुक्त चितवन बनाउन इच्छुक रहेको जनाउनु भएको थियो ।
चितवन जिल्लामा खाद्यान्नमा बिषादी मापन प्रयोगशाला स्थापना, प्रतिष्ठान र सरोकारवाला निकायसंग समन्वय गरि स्थानीय निकायको आगामी नगरपरिषद अघिनै बिषादी न्यूनीकरण सम्बन्धि योजना तर्जुमा गर्ने, राप्ति नगरपालिकाको बिषादी न्यूनीकरणसम्बन्धि ऐन अध्ययन गरि अरु पालिकाहरुले पनि नीतिगत दस्ताबेज तयार गर्ने, आइ.पी.एम स्टल तथा बजारको व्यवस्था गर्ने, बिषादीका असरबारे जनचेतनामुलक कार्यक्रम सुरु गर्ने लगाएतका महत्त्वपूर्ण बिषयहरुमा कार्यक्रम केन्द्रित रहेको नेपाल जनस्वास्थ्य प्रतिष्ठान चितवनका फिल्ड अधिकृत डा. अमृत पोखरेल ले हामीलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया