गैह्र अभिभावकद्धारा गुलरियाको बंगलामुखी बिद्यालयमा फोहोरी राजनिति शुरु
शिक्षाखबर डेस्क
२ मंसिर २०७५, आईतवार
no immg

र्दियाको गुलरिया नगरपालिका वडा नम्बर ६ मा रहेको बंगलामुखी राधाकृष्ण थारु माध्यामिक विद्यालयमा बिद्यार्थीहरुको भविष्यमाथी खेलवाड गर्दै फोहोरी राजनितिक खेल शुरु भएको छ ।

आफना छोराछोरी नै नपढ्ने विद्यालयका गैह्र ५ जना अभिभावकहरुले विद्यालय ब्यवस्थापन समितिको बैठकको निर्णय भन्दै सो विद्यालयका प्रधानाध्यापक भेजेन्द्र थापाको ठाउँमा सोही विद्यालयका अर्का शिक्षक यादव रेग्मीलाई निमित्त प्रधानाध्यापक बनाएको पाइएको छ ।
निरन्तर बर्दिया जिल्लाको उत्कृष्ट सामुदायिक विद्यालयको स्थान लिदै आएको सो विद्यालयको शैक्षिक वातावरण अहिले अस्तब्यस्त बनेको छ । विद्यालयको नियमित पठनपाठन अस्तब्यस्त हुँदा विद्यार्थीहरु तनाव ग्रस्त भएको अभिभावकले बताए ।

आफूलाई विद्यालयको अध्यक्ष दाबी गर्ने चन्द्रा चन्द, सदस्य गुम बहादुर परियार, सदस्य अनिता थारु लगायतका सदस्यहरुको छोराछोरीहरु नै सो विद्यालयमा पढ्दैन्न, एक समिति सदस्यले बताए । प्रधानाध्यापक सदस्य सचिव हुने र विद्यालयको ब्यवस्थापन समितिमा बस्न अनिवार्य छोराछोरी सोही विद्यालयमा पढेको हुनु पर्ने कानुनी ब्यवस्था लत्याउदै अराजक शैलीमा राजनिति गरिएको जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयले जनाएको छ ।

राजनितिक पूर्वाग्रहीका आधारमा र विद्यालयमा मनोमानी गर्ने उद्देश्यले विद्यालय भन्दा बाहिर बैठक बसी आफु खुसी निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक थापाले बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका केही ब्यक्तिहरुले आर्थिक रकमको चलखेल भएकाले प्र.अ.हटाउने खेलमा लागेको समितिका अर्का एक
सदस्यले बताए । दशकौं सम्म शान्त रहेको सो विद्यालयमा विद्यालय ब्यवस्थापनन समितिको राजनितिक खिचातानीले नियमित शैक्षिक वातावरण अस्तब्यस्त बनेकाले विद्यार्थीहरु तनाव ग्रस्त बनेका छन ।

प्रतिक्रिया