चितवन/कृषि तथा बन बिज्ञान विश्वबिद्यालयले शैक्षिक वर्ष २०७५/७६ का लागि आफ्ना सम्बन्धन प्राप्त कलेजहरुमा भर्ना प्रक्रिया शुरु गर्दै अनलाइन मार्फत भर्ना आबेदन फारम खुलाएकोमा हाल निजि कलेजहरुको सम्पूर्ण भर्ना रोक्का गरेको छ ।
बिश्वबिध्यालयका रजिस्टार प्राध्यापक डा.मनराज कोलाक्षपतिले आज निर्देशनपत्र जारि गर्दै कृषि संकायका नियमित तथा आंगिक कलेजहरुको लागि मात्र बिद्यार्थी भर्ना लिने, हालै सम्बंधन दिइएका निजि कलेजका हकमा भने सम्पूर्ण प्रक्रिया रोक्का सम्बन्धि संसोधित सुचना प्रकासित गर्न र पुर्बगठित भर्ना समिति पुनर्गठन गर्न समेत कृषि संकायलाई निर्देशनात्मक पत्र जारि गरेको छ ।
कहिले भर्ना प्रक्रियामा समाबेश गराउने त कहिले सर्वोच्च अदालतले दिएको ‘स्टे अर्डर’को समेत अवमुल्यन गरि मनपरि हटाउने यस्तो प्रबृत्तिले कानुनिराज्यको उपहास भएको र बिश्वबिद्यालयको यस्तो कदमले उप-कुलपति सहित बिश्वबिद्यालय पदाधिकारीहरुलाई कानुनि समस्या पर्न सक्ने जानकारहरु बताउछन ।