स्कुललाई नेपाल बंगलादेश बैंकको सहयोग
शिक्षाखबर डेस्क
७ मंसिर २०७५, शुक्रबार
no immg

काठमाडौं – नेपाल बंलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेह्रथुमको आठराई गाँउपालिका–३, ह्वाकुको सरस्वती माध्यमिक विद्यालयलाई चार लाख १३ हजार रकम बराबरको विज्ञान प्रयोगशालाका सामग्री हस्तान्तरण गरेको छ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना कार्यक्रममा सहभागी भई उक्त सहयोग सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं उच्च प्राथमिकता दिएको जनाएको छ।

बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणको जीवनस्तरमा उकास्न सहयोग गर्ने बेंकको लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया