काठमाण्डौं/प्राबिधिक कलेज संचालकहरुको छाता संस्था फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको आज सम्पन्न छैठौ महाधिबेशनबाट खगेन्द्र प्रसाद अधिकारिको नेतृत्वमा १७ सदस्यीय केन्द्रिय समिति निर्माण गरेको छ ।

प्रदेश न. ३ का माननीय सामाजिक बिकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यमा सम्पन्न महाधिबेशनबाट बरिस्ठ उपाध्यक्षमा शैलेन्द्र मोहन झा,उपाध्यक्षहरुमा संजय सिंह,दिनेश बाबु खड्का,महासचिबमा सुनिल कुमार चालिसे,सचिबहरुमा निर्मल सापकोटा,संजय शाह र कोषाध्यक्षमा हरि बहादुर बस्नेत गरि ८ जनाको पदाधिकारी निर्बाचित गरेको छ, त्यसै गरि सानु तुकाधर, चिरन्जिबी जोशी,ध्रुब प्रसाद काफ्ले,दा. मुक्तिनाथ भट्टराई,राम बाबु प्रसाद,राजेश भट्टराई,प्रेरणा दाहाल,सत्य नारायण यादब र नारद ढुंगाना गरि ९ जना सदस्यहरु सहित १७ जनाको कार्यकारीणी केंरिया समिति निर्बाचित गरेको हो ।

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सको समुद्घाटन हिजो मङ्सिर ८ गते भएको थियो ।






