प्युठान/जिल्लाका ९ वटै स्थानीय तहमा इन्टरनेटको पहुँच पुगेको छ । अहिले सबै स्थानीय तहले आफ्ना विभिन्न गतिविधि, सूचना तथा जानकारी वेबसाइट तथा मोबाइल एपमार्फत जनतालाई उपलब्ध गराउन सुरु गरेका हुन् ।
स्थानीय तहले इन्टरनेटको प्रयोग गरी सेवालाई सहज र प्रभावकारी बनाउन लागेका हुन् । आवश्यक सूचना लिन र दिन इन्टरनेट अत्यावश्यक भएकाले सेवा विस्तार गरिएको जिल्लाका स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । जिल्लाका केही स्थानीय तहले अत्यावश्यक फोन नम्बर, सरकारी कार्यालयको ठेगाना, फोन नं., सामाजिक सुरक्षा भत्ता, सम्पत्ति कर, जानकारीलगायतका विवरणहरू वेबसाइटमा राख्न सुरु गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरूले जनतालाई छिटो, छरितो रूपमा सेवा प्रवाह गर्न कार्यालयमा इन्टरनेट जडान गरेको बताएका छन् । नगरपालिकामा हुने विविध गतिविधि जानकारी दिन इन्टरनेट जडान गरिएको ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताए । गाउँपालिकाले प्रदान गर्ने हरेक सेवा जनतासामु पु-याउन वेबसाइट सञ्चालनमा ल्याएको उनको भनाइ छ ।