कुखुरा व्यवसायबाट मनग्गे आम्दानी
शिक्षाखबर डेस्क
९ पुष २०७५, सोमबार
no immg

डोल्पा : जाजरकोटका एक युवा स्थानीय स्तरमै कुखुरा व्यवसाय गरे मनग्गे आम्दानी गर्दै आएका छन्। गाउँका सबै युवा जागिर र वैदेशिक रोजगारीका लागि भौतारिरहँदा जाजरकोट नलगाड नगरपालिका–१ का गणेश बिक भने डोल्पामा कुखुरा खरिदबिक्री गरेर आम्दानी गर्दै आएका छन्।

दुईवटा घोडामा कोइलर जातको कुखुरा लादेर जाजरकोटबाट डोल्पाको दुनैसम्म बेच्ने गरेको गणेश बताउँछन्। चारदिनको पैदल लाग्ने दूरीमा उनले महिनामा घोडामै ढुवानी गेर चार पटकसम्म कुखुरा व्यापार गर्दै आएका छन्। नलगाडमा आफ्नै कुखुरा फर्म भएका बिकले गाउँमा बिक्री हुने अवस्था नभएपछि डोल्पा सदरमुकामसम्म पैदलमार्फत कुखुरा पुर्‍याउने गरेका छन्। ‘अन्य कुनै रोजगारी छैन, आफ्नै सानो कुखुरा फर्म पनि छ’, उनले भने, ‘डोल्पामा कुखुरा व्यापार राम्रो छ, त्यसैले घाडामार्फत ढुवानी गरी दुनै पर्‍याउँछु।’ उनले डोल्पामा ११ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताए। ‘एक पटकमा दुईवटा घोडामा ४० वटासम्म लादेर डोल्पा लैजान्छु, ११ सय रुपैयाँ प्रतिकिलोको दरमा बिक्री हुने गरेको छ’, उनले भने।

उनले मासिक ४० हजारसम्म फाइदा कमाउने गरेका छन्। ६ जनाको परिवार पाल्न विदेश जानुभन्दा दुःख भए पनि स्थानीय स्तरमै आम्दानी राम्रो भएको उनको अनुभूती छ। दुनैमा कुखुराका ठूलो माग रहेको र गाडी नहुँदा गणेशले घोडामार्फत आफ्नो व्यापार राम्रै गर्न सफल भएका छन्। उनीजस्तै अन्य स्थाv

प्रतिक्रिया