क्रान्तिकारी सिटिइभीटिका अध्यक्ष नुर्बु, साधारण सदस्य पनि नरहने गरि कारबाही
शिक्षाखबर डेस्क
१२ पुष २०७५, बिहीबार
no immg

काठमाण्डौ / प्रचण्ड निकट अखिल क्रान्तिकारी सिटिइभिटि उपत्यका अध्यक्ष नुर्बु लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरि कारबाही भएको हो ।
आज अखिल क्रान्तिकारी बिश्वबिद्यालय तथा सिटिइभिटि समितिले बिज्ञप्ति जारि गर्दै नुर्बु लामा संगठनको नीति,बिधि,पद्दति अनुशासन र निर्देशन पालना नगरी भक्तपुर तालिम केन्द्रमा विद्यार्थीहरुको समस्या सम्बन्धमा भएको आन्दोलनलाइ दुरुपयोग गरि आर्थिक अनियमिततामा संलग्नभै संगठनको एतिहासिक साखलाई आच पुर्याएको हुनाले संगठनको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरिएको जनाएको छ ।

बिज्ञप्तिमा बिश्वबिद्यालय तथा सिटिइभीटि इन्चार्ज डा.अच्युत भट्ट ,बिश्वबिद्यालय तथा सिटिइभीटि संयोजक संजय काल्देन र सिटिइभीटि संयोजक सुरज सिंह ठकुरीको हस्ताक्षर रहेको छ ।
‘सिटिइभिटिबाट सम्बन्धन प्राप्त भक्तपुर तालिम केन्द्रमा १८ महिने अ.न.मि अध्ययनरत बिद्यार्थीबाट बढीमा १,३०,००० मात्र लिनुपर्नेमा सो संस्थाले ३,००,००० बढी असुलेका कारण बिगत केहि दिनदेखि बिद्यार्थी आन्दोलित रहेका थिए । सोहि क्रममा अनेरास्ववियु सिटिइभीटि रास्ट्रिय कमिटि अधयक्ष रमेश सिंह ठकुरी,अखिल क्रान्तिकारी सिटिइभिटि उपत्यका अध्यक्ष नुर्बु लामा र नेपाल बिद्यार्थी संघ सिटिइभीटि समन्वय समितिका केन्द्रीय सह-संयोजक महेन्द्र हमालले आन्दोलनको नाममा सयुक्त्त बार्गेनिङ गरि संस्थाबाट मोटो रकम असुलेको सुचना प्राप्त भए पश्चात हाम्रो संगठनको तर्फबाट हामीले नुर्बु लामालाई जिम्मेवारीबाट मुक्त्त गराएका छौ’, शिक्षाखबर संगको संक्षिप्त कुराकानीमा सिटिइभीटि समिति संयोजक सुरज सिंहले बताउनु भयो ।

प्रतिक्रिया