फिरौती काण्ड पश्चात फेरियो आन्दोलनको नेतृत्व
शिक्षाखबर डेस्क
१३ पुष २०७५, शुक्रबार
no immg

भक्तपुर / भक्तपुर प्राबिधिक तालिम केन्द्रले मापदण्ड नै नपुर्याइ मनपरी पैसा असुलेको बिसयमा केही दिनदेखी आन्दोलनरत बिध्यार्थीहरुको आन्दोलनको नेतृत्व सम्हालेका बिध्यार्थी नेताहरुनै आन्दोलन बेच्न उद्रत रहेको पाइएपछी, अखिल क्रान्तिकारिका उपत्यका अध्यक्षलाई कारबाही गरेको सो संगठनको बिश्वबिद्धालय तथा सिटिइभिटी समिति आफैले आन्दोलनको नेतृत्व लिदै सिटिइभिटी समक्ष ज्ञापनपत्र बुझाएका छ ।

अखिल क्रान्तिकारीको बिश्वबिद्यालय तथा सिटिइभीटि संयोजक संजय काल्देन र सिटिइभीटि संयोजक सुरज सिंह ठकुरीको हस्ताक्षर रहेको ज्ञापन पत्रमा, कलेज संचालक र बिध्यार्थीका केही भ्रष्ट नेताहरुको मिलेमतोमा कलेजले गरेको ब्रम्हलुट बिरुद्दको बिध्यार्थी आन्दोलन निस्तेज पारी बिध्यार्थीहरुको भबिस्य अन्योल पार्ने कार्य प्रती भ्रत्सना गर्दै ठगी धन्दा संचालन गरेको उक्त कलेजलाइ तुरुन्त कार्बाही गर्न माग राख्दै सिटिइभीटिका  कार्यबाहक सदस्य सचिब नरललाल देवकोटालाइ आज अपरान्ह ज्ञापन पत्र बुझाएका छन।

अनेरास्ववियु रास्ट्रिय कमिटि अध्यक्ष रमेश सिंह ठकुरी,अखिल क्रान्तिकारी सिटिइभिटि उपत्यका अध्यक्ष नुर्बु लामा र  नेपाल बिद्यार्थी संघ सिटिइभीटि समन्वय समितिका केन्द्रीय सह-संयोजक महेन्द्र हमालले आन्दोलनको नाममा सयुक्त्त बार्गेनिङ गरि संस्थाबाट मोटो रकम असुलेको भिडियो सहितको  बिस्तृत रिपोर्ट न्युज २४ को सिधा कुरा जनता संग भन्ने कार्यक्रममा सार्बजनिक भैसकेको छ । अनेरास्ववियु र  अखिल क्रान्तिकारीले भने आफ्ना अध्यक्षहरु रमेश सिंह ठकुरी र नुर्बु लामालाइ  संगठनको साधारण सदस्य समेत नरहने गरि कारबाही गरि सकेका छन् ।

प्रतिक्रिया