भक्तपुर / प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषदबाट अनमी तालिम कार्यक्रमको स्विकृती/ सम्बन्धन प्राप्त भक्तपुर प्राबिधिक तालिम केन्द्रको सम्बन्धन रद्द भएको छ।
बिध्यार्थीबाट १,२०,००० मात्र शुल्क लिनपाउने भनेर सिटिइभिटिले तोकेकोमा सो तालिम केन्द्रले ३,२०,००० भन्दा बढी असुलेका कारण बिध्यार्थी एवम् बिध्यार्थी संगठनहरु आन्दोलित रहेका थिए।
आन्दोलनकै क्रममा मोटो रकमको लेनदेनका विषय पनि न्युज २४को स्ट्रिङ्ग अपरेसन मार्फत सार्बजनिक भए पश्चात् अनेरास्ववियुका सिटिइभिटी रास्ट्रिय कमिटी अध्यक्ष रमेश सिंह र अखिल(क्रान्तिकारिका) उपत्यका जिल्ला अध्यक्ष नुर्बु लामालाई संगठनले कारबाही गरि सोही कमिटिका उपाध्यक्षहरु उमेश थापा र बिरेन्द्र बिष्टलाइ कार्यबाहक जिम्मा पनि दिइसकेको थियो।
भक्तपुर प्राबिधिक तालिम केन्द्रलाइ २० बर्ष अघि संस्था चलाउन पाउनेगरी अनमी कार्यक्रम संचालनको सम्बन्धन दिएको सिटिइभिटिले, सम्बन्धन/स्वीकृति पत्रमा उल्लेखित सर्तहरु उल्लंघन गरि बिध्यार्थीबाट मनोमानी रुपमा चर्को शुल्क असुलेकाले आफ्नो परिषद कार्यालयको हिजो २५ गते बसेको बैठकबाट सो संस्थाको सम्बन्ध / स्वीकृति रद्द गरेको छ र हाल सो संस्थामा अध्ययनरत, बिध्यार्थिहरुको ब्यवस्थापन सम्बन्धमा माघ ७ गतेको गोरखापत्र मार्फत सुचित गर्ने पनि जनाएको छ।
‘बिध्यार्थी र बिध्यार्थी संगठनहरुको निरन्तरको दबाब र आन्दोलनले मात्रै ठग कलेज भक्तपुर प्राबिधिक तालिम केन्द्रको सम्बन्धन रद्द हुन सम्भब भएको हो,’ क्रान्तिकारी सिटिइभिटी समिती संयोजक सुरज सिंह बताउनु हुन्छ।