ल्याप्रोस्कोपीक र इन्डोयूरोलोजी सेवा अब भरतपुर सेन्ट्रल अस्पतालमा
शिक्षाखबर डेस्क
२७ पुष २०७५, शुक्रबार
no immg

भरतपुर / भरतपुरलाई मेडिकल सिटीको रुपममा बिकास गर्ने सोच अब बिस्तारै साकार बन्दै जाने देखिएको छ । सरकारी क्षेत्रबाट यो कुरा सम्भब छैन । निजि क्षेत्रको पनि यसमा उतिकै दायीत्व रहनेकुरा कसैले इन्कार गर्ने सक्दैन । विभिन्न निजि क्षेत्रका अस्पतालहरुले एक पछि अर्को अत्याधुनिक मेसिन र औजारहरु ल्याउने क्रम जारि छ ।

जसमध्य भरतपुर सेन्ट्रल अस्पताल पनि एक हो , “गत साउन १७ गते मात्रै अत्याधुनिक भेन्टिलेटर मेसिन जडान गरेको यस अस्पतालले ल्याप्रोस्कोपीक र इन्डोयूरोलोजी सेवाको थालनी गरेको छ।”
बिभिन्न सामाजिक कार्यमा संलग्न यस अस्पतालका कार्यकारी निर्देशक शोभाखर घिमिरेले, बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै ल्याप्रोस्कोपीक र इन्डोयूरोलोजी सेवा सुरुवात गरिएको र बिरामीको आबस्यकता बुझी अझै अत्याधुनिक उपकरण र औजार ल्याउने तयारि आफ्नो अस्पतालले गरेको हामीलाई जानकारी दिए ।

प्रतिक्रिया