२९ पौष, काठमाडौं / पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत राजधानीको हांडीगांउ स्थित वायोमेडिकल इन्जिनियरिङ कलेजको विद्यार्थी काउन्सिलको निर्वाचनमा नेकपा सम्वद्ध संयुक्त प्यानल निर्विरोध निर्वाचित भएको छ।
निर्वाचन तालिका अनुसार आज मनोनयन पत्र दाखिला गर्ने दिन निर्धारित समय भित्र अनेरास्ववियु (क्रान्तिकारी ) र अनेरास्ववियुको संयुक्त प्यानलको मात्र उम्मेदवारी परेकाले निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
आज कलेज प्राङ्गणमा क्याम्पस प्रमुख एवम् निर्वाचन समितिका संयोजक विनोद श्रीवास्तवले संयुक्त प्यानलका दिपराज वुढाथोकी नेतृत्वको टिमलाई विजेता घोषणा गरेको हुन् ।
वुढाथोकी संयुक्त अखिलको प्यानल अन्तर्गत अखिल (क्रान्तिकारी) सम्वद्ध हुन्। उपसभापति पारस पौडेल अनेरास्ववियु सम्वद्ध हुन्। निर्वाचित हुने अन्यमा सचिव प्रवेश लामिछाने , सह सचिव कृस्पा बुढामगर
र कोषाध्यक्ष रक्षा महत रहेका छन्।