चालकको स्वास्थ्य परीक्षण
शिक्षाखबर डेस्क
३ माघ २०७५, बिहीबार
no immg

विराटनगर / मोरङमा ट्राफिक प्रहरीले अस्वास्थ्य चालकका कारण हुने दूर्घटना न्यूनीकरणकालागि यात्रु बसका चालकको स्वास्थ्य परिक्षण सडकमै गरेको छ ।

यसक्रममा टा्रफिकले दुईसय भन्दाबढी चालकको सडकमै रक्तचाप, आँखाको दृष्टि सम्बन्धी स्वास्थ्य परिक्षण गरेर समस्या देखिएका चालकलाई औषधी सिफारिस गरेको छ ।

पछिल्लो समय चालकको उच्च र न्यून रक्तचाप र आँखाको देख्न सक्ने क्षमता कम भएका कारण सवारी र्दूघटना बढेको पाइएपछि यात्रुवस र अन्य सवारीका साधनका चालकलाई सडकमै रोकेर स्वास्थ्य परिक्षण गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरिक्षक शिवप्रसाद पोखरेलको भनाई छ ।

सडकमै झण्डै दुई सय चालकको अकस्मत स्वास्थ्य परिक्षण गर्दा ३० जनाभन्दा बढीमा उच्च र न्यून रक्तचापको समस्या भएको पाइयो । त्यसैगरी २५ जनाको आँखाको समस्या देखियो । पोखरेलले भने उनीहरू सबैलाई थप स्वास्थ्यपरीक्षण गर्न र औषधी सेवन गर्न सुझाव दिइयो ।

सवारी दुर्घटनामा मोरङमा मात्र साउनदेखि पुससम्ममा ४४ जनाले ज्यान गुमाइसकेको ट्राफिक प्रहरीको तथ्यांक छ । गत वर्ष यही अवधिको तुलनामा यो १२ जनाले बढी हो । त्यस अवधिमा २ सय १६ वटा दुर्घटना भएका छन् । ट्राफिक प्रहरीका अनुसार ती दुर्घटनामा १ सय १५ जना गम्भीर र ३ सय ९ जना सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया