रुपन्देही / अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तिलक राज भण्डारीले आर्थिक समृद्धि सहितकाे समाजवादी नेपाल निर्माण गर्न कृषि क्रान्ति अनिवार्य रहेकाे बताएका छन् ।
अखिल (क्रान्तिकारी) कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पस ईकाई समिति द्वारा आयाेजित वामदेव घिमिरे स्मृति पक्लिहवा कप २०७५ काे समापन कार्यक्रममा बाेल्दै भण्डारी ले नेपाली कांग्रेस ले सडकमा आउने एेजेण्डा नपाएपछि गाेविन्द के.सि. काे अनसन का नाममा सरकारकाे विराेध गर्न खाेजेकाे बताए । गाेविन्द के.सी. काे अनसनले कांग्रेस नटिक्ने बताउदै यूवा नेता भण्डारीले बरु शेर बहादुर देउवा र गगन थापालाई माईतिघर मण्डलामा आएर अनशन बस्न समेत अनुराेध गरे।
कृषि तथा पशुविज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई सम्वाेधन गर्दै उनले समृद्ध नेपाल निर्माणकाे निम्ति कृषि क्रान्ति अनिवार्य रहेकाे र उक्त कृषि क्रान्तिमा कृषि प्राविधिकहरूकाे महत्वपुर्ण भुमिका रहने समेत बताए । २०७५ माघ २ गतेदेखि सञ्चालित उक्त गतेदेखि सञ्चालित उक्त प्रतियाेगितामा भलिबल तर्फ १४ र सुपरसिक्स क्रिकेटमा १८ टिमकाे सहभागिता रहेकाे थियाे । प्रतियाेगितामा भलिवल तर्फ लिटिल फ्लावर कलेज विजेता बनेकाे छ भने क्रिकेटमा हजि कलेज विजयी भएकाे आयाेजक समितिका अध्यक्ष गगन भट्टराईले जानकारी दिए ।