‘सरकारले शिक्षकको तलब दिँदैमा निःशुल्क शिक्षा हुँदैन’
शिक्षाखबर डेस्क
८ माघ २०७५, मंगलवार
no immg

चितवन / प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले शिक्षकलाई तलब दिँदैमा निःशुल्क शिक्षा नहुने बताएका छन् । आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उनले सरकारले निःशुल्क शिक्षा भने पनि व्यावहारिक रूपमा लागू हुन नसकेको बताए । उनले अबको बजेटमा अहिलेका कमीकमजोरीबाट पाठ सिक्दै पूर्ण निःशुल्क शिक्षाका लागि सरकारले आगामी बजेटमा ध्यान दिने बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि आफू हरदम प्रयासरत रहेकोसमेत बताए ।

सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसकेकाले पनि निजीतर्फ विद्यार्थीको आकर्षण बढेको उनको तर्क छ । उनले भने, ‘अबको काम सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउने हो ।’ अबको शिक्षा उत्पादन, आत्मनिर्भर हुनुपर्ने भन्दै उनले प्र्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय हुने प्रावधान रहेको स्मरणसमेत गराए ।

प्रतिक्रिया