नेबिसंघद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन
शिक्षाखबर डेस्क
१३ माघ २०७५, आईतवार
no immg

नेपाल विद्यार्थी संघ पशुपति क्याम्पसका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

आइतबार बिहान विद्यार्थी नेता मनोज वैद्यको नेतृत्वमा क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेविसंघले सरकार विरुद्ध चर्को नारावाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

यसैगरी शनिबार प्रधानमन्त्री विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा भाग लिएर स्वदेश फर्कदै गर्दा नेविसंघका विद्यार्थीहरुले त्रिभुवन विमानस्थलको आन्तरिक उडानको पार्किङमा नाराबाजी गर्दै कालो झण्डा देखाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै