क्लिन स्विप हुने डरले स्ववियु निर्बाचनबाट भाग्दैछ नेबिसंघ-उपाध्यक्ष गौतम
शिक्षाखबर डेस्क
१६ माघ २०७५, बुधबार
no immg

चितवन / भरतपुरको बिरेन्द्र क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलालाइ  सम्बोधन गर्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष बिजय गौतमले नेबिसंघ देशभरिबाट क्लिन स्विप हुने डरले स्ववियु निर्बाचनबाट भाग्न खोजेको आरोप लगाउनु भएको छ ।

अखिल क्रान्तिकारी र अनेरास्ववियु जिल्ला समिति चितवनले संयुक्त रुपमा आयोजित सो कार्यक्रममा ‘एजेन्डा बिहिन कांग्रेस गोबिन्द केसी बोकेर हिडिरहेको छ भने, त्यसकै भात्री संगठन नेबिसंघ त्रिभुवन बिश्वबिद्यालयले निर्बाचन मिति घोषणा गरि प्रक्रिया अगाडी बढाउदै गर्दा निर्बाचनबाट भाग्न अनेक बाहानाबाजी गर्दै आन्दोलनको मन्चन गरिरहेको ’ उपाध्यक्ष गौतमले बताउनु भएको हो ।

नवलपुरको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कने क्रममा आकस्मिक रुपमा चितवनका दुवै अखिलले संयुक्त रुपमा अगुवा कार्यकर्ताहरुको जमघट गराएका थिए, जसको अध्यक्षता क्रान्तिकारीका संयोजक बसन्त आचार्यले गर्नु भएको थियो भने संचालन अखिल संयोजक धिपन भण्डारीले गर्नुभएको थियो र उपस्थित दुवै संगठनका केद्रीय उपाध्यक्षहरु क्रान्तिकारीका बिजय गौतम र अखिलका रश्मि आचार्यले संयुक्त रुपमा प्रमुख अतिथिको आसन ग्रहण गर्नु भएको थियो ।

प्रतिक्रिया