चितवन / भरतपुर महानगर ११ मा अवस्थित श्री नव जागृति बिद्यालयले आफ्नो ११ औ बार्षिक उत्सव तथा अभिभावक भेलाको अवसरमा सो बिद्यालयमा अध्ययनरत बिपन्न विद्यार्थी संजय लामाको अभिभाकत्त्व ग्रहण गरेका सन्तोष न्यौपानेलाइ खादा लगाई सम्मान पत्र प्रदान गरि सम्मान ब्यक्त गरेको हो ।
बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पंखा तथा कक्षा ३ मा अध्ययनरत बिपन्न बिद्यार्थी लामाको अभिभाकत्त्व ग्रहण गर्दै अध्ययनका निमित्त आर्थिक सहयोग गरेका न्यौपाने वाई.सी.एल नेपाल चितवनका जिल्ला सदस्य समेत रहेका छन् भने वाडाका विभिन्न सामाजिक काममा पनि अग्रसर रहदै आएका छन । सो कार्यक्रममा भरतपुर महानगरपालिका-११ का वाडा अध्यक्ष बाबुराम अधिकारीको विषेस उपस्थिति रहेको थियो ।