काठमाडौं / वीर अस्पतालको निर्माणाधिन भवनको लिफ्ट चुडिँदा २ जनाको मृत्यु भएको छ। गम्भीर घाइते एक जनाको उपचार भइरहेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार बिहीबार राती ८ बजेतिर सामान माथि लैजाने क्रममा लिफ्ट चुडिएर तल खसेका सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र २० वर्षीय भूमिकुमार चौधरीको मृत्यु भएको हो। सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन्। उनको वीर अस्पतालमै उपचार भइरहेको छ।
मृतक र घाइते तीनै जना मजदुर हुन। उनीहरुको ठेकेदारले बीमा गरेकाले विवाद नभएको र कुनै जाहेरी पनि नआएको डिएसपी बोगटीले बताए।