चितवनमा विषादी व्यवस्थापन ऐन निर्माणसंगै विषादी मापन केन्द्र र स्टल स्थापना गरिने
शिक्षाखबर डेस्क
१२ फाल्गुन २०७५, आईतवार
no immg

चितवन/ चितवनमा विषादी व्यवस्थापन ऐन निर्माण गरी विषादी मापन केन्द्र र तरकारी स्टल स्थापना गरिने निर्णय भएको छ ।
जिल्ला समन्वय समिति चितवनको आयोजना र नेपाल जनस्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा जिससको कार्यालयमा आयोजित ” विषादी न्यूनिकरण सम्वन्धी योजना तर्जुमा कार्यक्रम ” एक दिने कार्यशाला गोष्ठि जिसस प्रमुख कृष्ण कुमार डल्लाकोटीको अध्यक्षता र नेपाल जनस्वास्थ्य प्रतिष्ठानका अध्यक्ष तथा चीनका लागि पूर्व राजदूत डा. महेश कुमार मास्केको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रमवाट नेपाल जनस्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा चितवन जिल्ला समन्वय समितिको पहलमा सम्पूर्ण पालिकाहरु र प्रदेश स्तरबाटै यहि आर्थिक बर्षमानै बजेट बिनियोजन गरी चितवनमा विषादी मापन प्रयोगशाला स्थापना हुने भएको छ त्यसैगरी जिल्लामा विषादी न्यूनिकरणका लागी महिना दिन भित्र प्रतिबेदन बुझाउने गरी सातवटै नगरपालिकाका कृषि वा स्वास्थ्य शाखा संयोजक र नेपाल जनस्वास्थ्य प्रतिष्ठानका प्रतिनिधि सहित ९ सदस्यीय कार्यदल निर्माण गरी स्थानीय तहवाट विषादी व्यवस्थापन ऐन निर्माणका लागी कार्यविधि निर्माण गर्ने, चितवन जिल्लामा विषादी न्यूनीकरण अभियानलाई अझ प्रभावकारी बनाउन स्थानीय तहबाटै किसानले उत्पादन गरेको अर्गानिक तथा I.P.M उत्पादनलाई प्रबर्द्दन र बजारीकरण गर्न बिचौलिया रहित सोझै उपभोक्ता सम्म पुग्ने गरी तरकारी स्टल निर्माणको अवधारणा बिकास गर्ने निर्णय गरियो ।
कार्यक्रममा भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय हेटौडाका प्रतिनिधि उप सचिव नारायण प्रसाद ज्ञवाली तथा भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय माननीय मन्त्रि ज्यूको स्वकिय सचिव सुरज थपलिया, स्थानीय निकाय राप्ती प्रमुख प्रभा बराल, रत्ननगर प्रमुख नारायण वन, जिसस उप प्रमुख मुना कुमारी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृतहरु स्थानीय निकाय कृषी, स्वास्थ्य शाखा तथा महाशाखाका प्रमुख एवम पालिका प्रतिनिधिहरुको सहभागीता रहेको नेपाल जनस्वास्थ्य प्रतिष्ठानका फिल्ड अधिकृत डा.अमृत पोखरेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया