नेपाल पोलिटेक्निक इन्स्टिच्युटको चर्को शुल्कबृद्दी बिरुद्द विद्यार्थीले गरे कलेज प्रशासन घेराउ
शिक्षाखबर डेस्क
१३ फाल्गुन २०७५, सोमबार
no immg

चितवन / भरतपुर ११ अवस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युटले पशु चिकित्सा स्नातक कोर्ष (Bvsc and Ah )को गत शैक्षिक सत्रको तुलनामा ४२ % शुल्क अर्थात ४,५०,००० प्रति बिद्यार्थी शुल्क बृद्दी र मनोमानी रुपमा बिद्यार्थी भर्ना गरे पश्चात आन्दोलित सो कलेजका बिध्यार्थीहरुले आज नाराजुलुस सहित कलेज प्रसासन घेराउ गरेका छन् ।


१० सेमेस्टर (५ वर्ष) अध्यापन हुने पशु चिकित्सा स्नातक कोर्षको नवौ ब्याचको भर्ना संचालन गरिरहेको सो कलेजले हालसम्मका आठै ब्याचसम्म नेपाल पशु चिकित्सा परिषदको न्यूनतम मापदण्डनै नपुर्याई प्रत्यक वर्ष शुल्क बृद्दी गर्दै भर्ना गरी अध्यापन गराउदै आएकोमा यस शैक्षिक सत्रको भने परिषदले कडाइ पुर्बक भर्ना रोक्न लगाएको थियो ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अखिल(क्रान्तिकारी)का कलेज इकाई समिति अध्यक्ष सुन्दर बस्नेतले २४० वर्ष जरा गाडेको राज संस्थालाइ बिस्थापित गरी गणतन्त्र स्थापित गर्न सक्ने बिद्यार्थी आन्दोलनलाइ कम नआक्न चेतावनी दिदै सम्पूर्ण बिद्यार्थीहरुलाई कलेज प्रसासनले गरेको ज्यादती बिरुद्द एकताबद्द भइ आन्दोलन सफल नहुन्जेलसम्म जुनसुकै परिस्थितिको सामना गर्न परेपनि पछाडी नपर्न आह्वान गर्नु भएको छ ।

अखिल(क्रान्तिकारी) र अनेरास्ववियु कलेज कमिटीले बृद्दी गरेको शुल्क र मनोमानी भर्ना खारेजीको माग राख्दै कलेज प्रसासन समक्ष बुझाएको ज्ञापनपत्रको सुनुवाई नभएपछि बिद्यार्थी आनदोलन जुर्मुराएको र विद्यार्थीको माग सम्बोधन गर्नुको सट्टा पकेटका केहि एजेन्टहरु प्रयोग गरी आन्दोलन कमजोर गराउन कलेज प्रसासन उदृत रहेको र समय आएपछि त्यस्ता दलालहरुको पनि भण्डाफोर गर्ने चेतावनी दिदै कलेजमा अध्ययनरत आन्दोलनरत एक बिद्यार्थीले यथासक्यो चाडो माग सम्बोधन नभए आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार स्वयम कलेज प्रसासन हुने शिक्षाखबरसंग बताए ।

अध्ययनका लागि

http://नेपाल पोलिटेक्निक इन्स्टिच्युटद्वारा मनोमानी शुल्क असुली , बिद्यार्थी आन्दोलित

 

प्रतिक्रिया