काठमाण्डौ / हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी (हिकास्ट ) मा संचालित स्नातक कार्यक्रम अन्तर्गत पशु चिकित्सा (BVSc & AH) संकायमा चर्को शुल्क वृद्धि भएपछी बिद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।कलेज प्रशासन संग भएको पुर्व सहमति कार्यन्वयन नहुदा बिद्यार्थी संगठनहरु आन्दोलित भएका हुन् ।
आन्दोलनको प्रथम चरण मा कलेज प्रशासन लाई अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेपाल बिद्यार्थी संघ, नयाँ शक्ति बिद्यार्थी युनियन र रा.प्रा.बि. संघ ले शुल्क बृध्दि पारदर्शी, बैज्ञानिक तथा पुर्व सहमति अनुरुप हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण गराएको ३ दिन पछी मंगलबार कलेज प्रशासन र आन्दोलनरत सबै बिद्यार्थी संगठन बीच छलफल भएको छ । बिद्यार्थी संगठनको माग प्रति कलेज प्रशासन संबेदनशील नभएपछि कुनै निष्कर्ष बिना नै छलफल टुंगिएको छ ।
२ हजार ७३ साल साउन २० गते कलेज प्रशासन र बिद्यार्थी संगठन बीच भएको आगामी वर्षहरुमा गत आर्थिक वर्ष को शुल्क मा १०% भन्दा बढी शुल्क नबढाई निर्धारण गर्ने सहमति भएको थियो ।
तर चालु आर्थिक वर्षमा सहमति बिपरित २५% भन्दा बढी शुल्क बृध्दि गरेकोले आफुहरु आन्दोलित हुन बाध्य भएको आन्दोलनरत अनेरास्ववियु (क्रान्तिकारी) एकाई कमिटिका उपाध्यक्ष चक्र वलीले जानकारी दिनुभएको छ । अझै पनि प्रशासन आफ्ना मागहरु प्रति गम्भीर नभए शसक्त आन्दोलनमा जाने बिद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् ।