काठमाडौं / अध्ययन को लागि अस्ट्रेलिया पुगेका बिद्यार्थीहरु सम्बन्धित निकाय को लापरवाहीको कारण ले अलपत्र परेको बिषय प्रति बिद्यार्थी संगठनहरुको ध्यानाकर्षण भएको छ । फाल्गुन १५ गते अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी) र अखिल छैठौंले संयुक्तरुपमा बिज्ञप्ति निकाली अस्ट्रेलिया अध्ययनको लागि पुगेका करिब १००० नेपालि बिध्यार्थीहरु सम्बन्धित निकायहरुको गैर जिम्मेवार भूमिका ले गर्दा भोग्नु परेको सास्ती प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । पठाउने प्रक्रिया, पठाउदा आवद्ध कन्सल्टेन्सी तथा सम्बन्धित निकाय को लापरवाही को कारण ले बिध्यार्थीहरु अलपत्र परेका हुन् । बिद्यार्थीहरुको भविष्य माथि खेलवाड भएकोले लापरवाही गर्ने कन्सल्टेन्सीहरुलाई तत्काल कारवाही गर्न साथै बिध्यार्थीहरु को उद्धार वा अन्य उपयुक्त विकल्प दिन शिक्षा मन्त्रालय र नेपाल सरकार लाई अनुरोध पनि गरेका छन् ।
साथै तोकिएको भन्दा बढी शुल्क लिएको बिषय मा गण्डकी मेडिकल कलेज पोखराका बिद्यार्थीहरु लामो समय देखि आन्दोलित रहदापनि कलेज प्रशासन को बेवास्ता र प्रहरी दमन गरेकोले जायज मागप्रति कलेज प्रशासनले देखाएको रबैया प्रति आफुहरुको खेद रहेको जनाएका छन् । बिद्यार्थीहरुको माग लाई जायज मान्दै त्रिभुवन बिस्वबिद्यालय र नेपाल सरकार को मापदण्ड बिपरित लिइएको शुल्क तत्काल फिर्ता गर्नुपर्ने र वार्ता र संबाद बाट समस्याको हल नभएमा आफुहरु आन्दोलन को प्रत्यक्ष नेतृत्व लिने कुरा अगवत गराएका छन् ।