तिलाकर्णाली बहुमुखी क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक
शिक्षाखबर डेस्क
२ चैत्र २०७५, शनिबार
no immg

कालिकोटकोे तिलाकर्णाली बहुमुखी क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पूर्ण स्वामित्वमा रहने गरी आंगिक क्याम्पस भएको छ ।

शुक्रबार मान्मस्थित क्याम्पस प्राङ्गगणमा आयोजित एक समारोहका बीच मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कुमार कोइरालालाई क्याम्पस संञ्चालक समितिका अध्यक्ष तुलाराज विष्टले चल, अचल सम्पत्ति सहित स्वामित्व हस्तान्तरणको पत्र बुझाएसँगै विश्वविद्यालय आंगिक क्याम्पस भएको पत्र प्रदान गरिएको हो ।

सोही अवसरमा बोल्दै उपकुलपति कोइरालाले स्थानीय आवाश्यकतालाई सम्बोधन गर्ने र जीवनस्तर बदल्ने शैक्षिक कार्यक्रम प्रस्ताव गर्न सम्पूर्ण सरोकारवालालाई आग्रह गर्नुभयो ।

आफ्नो लडाईं गुणस्तरीय शिक्षा प्राप्तिको लागि भएको भन्दै उपकुलपति कोइरालाले सुन्दर सपना बोकेर भर्ना भएका भविष्यका कर्णाधारहरुको सपना तुहाउने जोकसैलाई पनि नछोड्ने बताउनुभयो ।

यस्तै कालिकोट १ बाट निर्वाचित कर्णाली प्रदेशसभाका सांसद कुर्मराज शाहीले अबको शिक्षालाई जीवनोपयोगी र समाजको आवश्यकता अनुरुप अघि बढाउन सबै तहका सरकार नीतिगत रुपमै लागिपरेकाले त्यसको प्रतिबिम्ब यस क्याम्पसमा पनि देखिने बताउनुभयो ।

यसैगरी रजिष्ट्रार यमबहादुर कार्कीले क्याम्पसका शैक्षिक, प्रशासनिक गतिविधिहरु विश्वविद्यालयको स्थापित मान्यता एवं ऐन, नियम बमोजिम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया