बबई बहुमुखी क्याम्पस गुलरिया अब मध्यपश्चिम विश्व विद्यालयको आंगीक क्याम्पस
शिक्षाखबर डेस्क
१४ चैत्र २०७५, बिहीबार
no immg

बर्दियाको बबई बहुमुखी क्याम्पस गुलरिया अब मध्यपश्चिम विश्वविद्यालयको आंगीक क्याम्पस बनेको छ । २०७५ भदौं २२ गते नेपाल सरकारको मन्त्री परिषदबाट बबई बहुमुखी क्याम्पस सहित १० ओटा क्याम्पसलाई आगिंक क्याम्पस बनाउने निर्णय भएको हो ।

सोही अनुसार एक औपचारीक समारोहका बीच क्याम्पस संञ्चालक समितिले क्याम्पस हस्तान्तरण गरेको छ ।

विस : २०४४ सालमा स्थापना भएको बबई बहुमुखी क्याम्पस गुलरिया बर्दिया यसअघि सम्म त्रिभुवन विश्व विद्यालयबाट संबन्धन लिई संञ्चालन हुदै आएकोे थियो ।

बर्दिया जिल्लाकै पहिलो क्याम्पसमा अहिले एक हजार ५ सय भन्दा बढि विद्यार्थीहरु अध्ययन छन । समुदायबाट संञ्चालन हुदै आएको क्याम्पस अब राज्यको लगानीबाट संञ्चालन हुने गरी आंगीक क्याम्पस भईसकेपछि विगत्को तुलनामा ५० प्रतिशत भन्दा कम शुल्कमा विद्यार्थीहरुले अध्ययन गर्न पाउने क्याम्पसले जनाएको छ ।

क्याम्पस संञ्चालक समितिका निवर्तमान अध्यक्ष दयाराम खड्काले आंगीक क्याम्पसबाट थप गुणस्तरीय सेवा सुविधा पाउनेमा आशावादी रहेको बताउनुभयो ।

भने क्याम्पस प्रमुख विनोद कुमार अग्रवालले बर्दिया जिल्ला कृषीको लागि उर्वर भुमि भएकोले यस क्याम्पसमा कृषि प्राविधिक विषय तर्फ जोड दिनुपर्ने बताउनुभएको छ ।

मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कुमार कोइरालाले क्याम्पसको भौतिक एवं गुणस्तरीय शिक्षाको जिम्मा मध्यपश्चिम विश्वविद्यालयको भएको बताउनु भयो ।

-पत्रकार यज्ञ प्रसाद सापकोटाको सहयोगमा…

प्रतिक्रिया