एसईईको प्रश्नपत्र आउट गर्ने अभियुक्त आज सार्वजनिक गरिँदै
शिक्षाखबर डेस्क
२१ चैत्र २०७५, बिहीबार
no immg

राजविराज / माध्यमिक शिक्षा परिक्षा(एसईई) को परीक्षा अगावै प्रश्नपत्र बाहिर्‍याउने अभियुक्तहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गर्दैछ ।

परीक्षा अगावै विज्ञान र सामाजिक विषयको प्रश्न पत्र सार्वजनिक गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले घटनाको छानविन गरिरहेको थियो।

सिआइबीका प्रमुख डिआइजी निरजबहादुर शाही र प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज दिउँसो अढाई बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रश्नपत्र आउट गर्ने अभियुक्तहरुलाई सार्वजनिक गरिने कार्यक्रम छ।

प्रतिक्रिया