सिञ्जामा स्वास्थ्य शिविर तथा न्याना कपडा वितरण
शिक्षाखबर डेस्क
२१ चैत्र २०७५, बिहीबार
no immg

काठमाडौं / जुम्लाको सिञ्जामा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा न्यानो लुगा वितरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य शिविरसहित आमाबुवा नभएको, गरिब जेहन्दार तथा दलित विद्यार्थीहरुलाई न्यानो लुगा वितरण कार्यक्रम सम्पन्न भएको हो।

स्वास्थ्य शिविरमा पाठेघर, हाडजोर्नी, दम, सामान्य स्वास्थ्य जाँचसहित कुपोषणबाट बच्न पौस्टिक आहार, छात्राहरुलाई प्याड वितरण गरिएको थियो। साथै मालिका उच्चमावि र भैरव उच्चमाविका २÷२ जना उत्कृष्ट छात्रालाई छात्रवृत्ती दिने घोषणा पनि गरियो।

कर्णाली प्रदेश जुम्ला सिञ्जा गाउँपालिका नराकोटमा कर्णाली प्रदेशका आन्तरिक मामीला, कानुन तथा गृहमन्त्री नरेश भण्डारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा जुम्लाका युवानेता दलबहादुर जिसी, स्वास्थ कार्यालय जुम्लाका अधिकृत लक्ष्मण चौलागाईं, थाहा फाउन्डेसनकी अध्यक्ष सरु दाहालको उपस्थिति थियो। कार्यक्रमलाई थाहा फाउन्डेसन नेपाल, जिल्ला जनस्वास्थ्य कार्यलय जुम्ला, सिञ्जा गाउँपालिका र किथसेक नेपाल तथा डिएभी स्कुलले सहयोग गरेका थिए।

प्रतिक्रिया