असल शन्देस नेपाल बाइबल स्कुलका ११ जना बिद्यार्थीहरुको बिदाई गरिएको छ । शुक्रबार नेपालगंजमा दिक्षान्त समारोहको आयोजना गरी इसाई समुदायका धर्मगुरु (पास्टर) हरुको उपस्थितीमा अभिषेक सहित ति बिद्यार्थीहरुको बिदाई गरिएको हो ।
असल शन्देश नेपाल बाइबल स्कुलका प्रधानाध्यापक तिमोथी बिकले स्वागत गर्नुभएको दिक्षान्त समारोहमा प्रबचन सुसमाचार केन्द्र नेपालका प्रमुख दिपक खड्काले दिनुभएको थियो ।
भने बिद्यार्थीहरुको उत्साहका लागी पत्रकार तथा गोस्पल चर्चका पास्टर डक्ट प्रसाद धिताल, मुख्य आयोजक असल शन्देस नेपालका केन्द्रिय संम्योजक तथा सुसमाचार मण्डलीका पास्टर प्रवचन शाही, नेपालगन्जका पाष्टर श्याम थापा, रमेश भण्डारीले बिद्यार्थीहरुको उत्साहका लागी आफना अनुभवहरु सुनाउनुभएको थियो ।
५ महिनाको अवधिमा सबै भन्दा राम्ररी अध्ययन गर्ने विद्यार्थी खड्क बहादुर शाहीलाई एकेडेमिक अवार्ड र हस्त बहादुर बिकलाई अनुशासित अवार्ड प्रदान गरिएको छ भने मिसन र भिजनको १६ जिबीको पेनड्राइभ पनि उपलब्ध गराईएको छ ।
बाइबल स्कुलमा अध्ययन गरेका बिद्यार्थीहरु बाँके, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, बझाङ, जाजरकोट जिल्लाका रहेको कार्यक्रम संञ्चालीका अनिता बिष्टले जानकारी दिनुभयो ।